माओवादी तेस्रो हैसियतमै रहने संकेत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 17, 2017 | 09:05:49 AM मा प्रकाशित

laxmi  sunrise bank

संसद्‍मा तेस्रो हैसियतमा रहेको सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र स्थानीय तह चुनावमा उही हैसियतमा दोहोरिने प्रारम्भिक संकेत प्रारम्भिक मतगणनामा देखिएका छन् । माओवादी केन्द्रले भने प्रतिकूल परिस्थिति र आन्तरिक/बाह्य चुनौतीबीच हुँदैन भनिएको चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक विजयका रूपमा अथ्र्याएको छ ।

मंगलबार साँझसम्मको सुरुवाती मतगणनाअनुसार ६ नम्बर प्रदेशका कालिकोट, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, रुकुम, सल्यानजस्ता जिल्लामा माओवादी उम्मेदवार कतै विजयी, कतै दोस्रो स्थानमा देखिएका छन् । बागलुङ, म्याग्दीजस्ता जिल्लामा माओवादी उम्मेदवारको उपस्थिति अपेक्षाकृत रामै्र रहेको विश्लेषण पार्टीका नेताहरूले गरेका छन् । यता तीन नम्बर प्रदेशका रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङमा माओवादी उम्मेदवारहरूले जित्ने क्रम देखिन्छ । उल्लेखित जिल्लाहरू माओवादी युद्धको प्रभाव तुलनात्मक रूपमा बढी परेका ठाउँहरू हुन् ।

‘मत परिणाम आइसकेपछि समग्र समीक्षा गर्नु उचित होला, तर हामीलाई हालसम्मको प्रारम्भिक गणना धेरै अप्रत्याशित लागेको छैन,’ नेता नारायणकाजी श्रेष्ठले भने, ‘टुटफुटका बीच पनि जनताले अझै माया गरेको देखिन्छ, हामीलाई कमजोर बनाउन सबै लागिरहेको बुझदाबुझदै पनि हामी संविधान ल्याउन र कार्यान्वयन गर्न लाग्यौं, त्यस अर्थमा प्रतिकूलताबीच यो चुनाव गराइछाडेकामा सन्तोष लागेको छ ।’ आजको कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved