४ खर्बले वढ्यो बैंकको सम्पत्ति, गत बर्ष भन्दा २१.४६ प्रतिशतले बढी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2017 | 09:11:24 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरूको सम्पत्ति बढेर झण्डै अर्थतन्त्रको आकार बराबर भएको छ । बैंकहरूले चुक्ता पुँजी वढाउने तथा संस्थाहरू खरिद र मर्जर गरेसँगै खुद सम्पत्ति वढेर २३ खर्ब ३० अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको खुद सम्पत्ति देशको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै भएको छ । हाल २२ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको अर्थतन्त्रमा वाणिज्य बैंकहरूको सम्पत्ति मात्र २३ खर्ब ३० अर्बभन्दा माथि पुगेको छ । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरूले कुल सम्पत्ति ४ खर्ब ११ अर्बले बढाएर २३ खर्ब ३० अर्ब रुपैयाँ पु¥याएका छन् । यो सम्पत्तिको अकार गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा २१.४६ प्रतिशतले धेरै हो ।

गत आवको चैत मसान्तसम्ममा २८ वाणिज्य बैंकहरूको १९ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बराबरको थियो । गत आवको सो अवधिमा २९ बैंकहरू सञ्चालनमा थिए । लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि हाल बैंकको संख्या भने २८ रहेको छ । 

पछिल्लो समयमा बैंकहरूले साना संस्था खरिद तथा मर्जर गरेकाले कुल सम्पत्ति बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । बैंकहरूको सम्पत्तिमा आएको वृद्धि सामान्य रहेको पनि उनले बताए ।

“बैंकहरूले चुक्ता पुँजीसमेत बढाएकाले किताबी मूल्य र निक्षेपमा आएको वृद्धिले पनि कुल सम्पत्ति बढेको हो,” दाहालले भने, “मर्जर तथा एक्विजीसनबाहेक करिब ३ खर्ब मात्र सम्पत्ति वढेको हुनसक्छ ।” साना संस्थाहरू वाणिज्य बैंकमा आउँदा मात्रै करिब ८० अर्ब रुपैयाँ बराबरको सम्पत्ति बढेको उनको भनाइ छ । 

चालू आर्थिक वर्षको चैतसम्ममा बैंकहरूले ३ खर्ब १८ अर्ब अर्थत १९.५३ प्रतिशत मात्रै निक्षेप बढाएका छन् । चैतसम्ममा बैंकहरूको निक्षेप १९ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । यो निक्षेप गत आवको चैतमा १६ खर्ब ३३ अर्ब मात्र थियो ।

त्यसैगरी बैंकहरूको नेटवर्थ पनि ७४ अर्ब ८ करोड अर्थात ४०.८९ प्रशितले वढेको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्दा नेटवर्थ वढेको हो । बैंकहरूले चैत मसान्तसम्ममा नाफा ३२ प्रतिशतले बढाएका छन् ।

बैंकहरूले चैत मसान्तसम्ममा ३१ अर्ब ४० करोड नाफा गरेका छन्  । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा धेरै हो । गत आवको चैतसम्ममा बैंकहरूले २३ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेका थिए । 

बैंकहरूको सम्पत्तिकोे वृद्धि सामान्य रहेको पूर्वबैंकर परशुराम कँुवर बताउँछन् । बैंकहरूको कुल सम्पत्तिमा कर्जा, नगद, सरकारी ऋणपत्रमा गरको लगानी र केही मात्रामा अचल सम्पत्ति हुने कुँवरको भनाइ छ ।

“बैंकहरूको त्यो सम्पत्तिमा करिब ७५ प्रतिशत कर्जा नै रहेको हुन्छ,” उनले भने, “यस्तै, सरकारी ऋणपत्रमा गरेको लगानी र नगद गरेर करिब ३० प्रतिशत हुन्छ ।” केन्द्रीय बैंकले मौद्रिक नीतिअनुसार पनि २५ देखि ३० प्रतिशतको कर्जा वृद्धिको योजना बनाएको हुनाले २० प्रशितको सम्पत्ति वृद्धि सामान्य भएको उनी बताउँछन् । 

सबैभन्दा धेरै सम्पत्ति हुनेमा सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो अवधिमा बैंकको कुल सम्पत्ति १ खर्ब ५९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

गत आवको सोही अवधिमा बैंकको कुल सम्पत्ति एक खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँ बराबरको थियो । दोस्रो स्थानमा रहेको निजी क्षेत्रको नेपाल इन्भेष्टमेन्ट बैंकले एक खर्ब ४३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कुल सम्पत्ति पु¥याएको छ । कारोबार दैनिकमा खबर छ । 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved