दोस्रो चरणमा रातो मसीको स्वस्तिक छाप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 08:47:38 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत सङ्केतका लागि रातो रङको मसी प्रयोग गर्ने भएको छ ।

पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मतसङ्केत गरेकामा त्यसका कारण पनि मत बदर भएको गुनासो आएको थियो । त्यसै आधारमा आयोगले मसी फेर्ने निर्णय गरेको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा मतदाताले रातो रङको स्वस्तिक छाप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा सुरक्षा रणनीति, मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने बताए । गोरखापत्र दैनिकमा खबर छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको स्ट्याप मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरेको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved