सुमार्गीको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्ने कसरतमा प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 09:56:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आफू निकट व्यापारी अजय सुमार्गीले विदेशबाट ल्याएको साढे तीन अर्ब रुपैंयाँ फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम प्रयास गरेका छन् ।प्रधानमन्त्री पदबाट राजीनामा दिनुभन्दा अगाडि उनले यस्तो प्रयास गरेका हुन् । करिब चारबर्ष देखि सुमार्गीले बिदेशबाट ल्याएको रकमलाई नेपाल राष्ट्र बैंकले ‘कालो धन’ को आशंकामा रोक्का गरिदिएको छ ।उनले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम भित्र्याएका थिए ।

रोकिएको रकमबाहेक थप आठ अर्ब रुपैंयाँ नेपाल ल्याउन दिने पहल पनि प्रधानमन्त्री दाहालले थालेको उच्च सरकारी स्रोतले जनाएको छ ।

आगामी सोमबार राजीनामा दिने तयारी गरिरहेका दाहालले त्यसअघि नै सुमार्गीको रकम फुुकुवा गर्न लागेका हुन् । गत बर्ष प्रधानमन्त्री बन्ने बित्तिकै दाहालले सुमार्गीको रकम फुकुवाका लागि पहल गरेका थिए ।

उनले त्यसबेला प्रधानमन्त्री कार्यालयका सचिबहरुलाई बोलाएर रकम फुकुवा गर्न पहल गरे पनि असफल भएका थिए ।सुमार्गीले आफ्ना दुई कम्पनीको चुक्ता पुँजी बढाउनका लागि भन्दै ‘ट्याक्स ह्याभेन’ मुलुकबाट ऋणका रुपमा सो रकम ल्याउन लागेका हुन् ।नेपाल स्याटेलाइट टेलिकम र मुक्तिश्री सिमेन्ट उद्योगका लागि उनले ल्याउन लागेको रकम ‘कालो धन’ भएको आशंका छ । आजको नागरिक दैनिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved