कमल थापाकै गृहजिल्लामा राप्रपा शुन्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 07:40:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रपाका अध्यक्ष कमल थापाको  गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य छ । निर्वाचन पहिले निकै शक्त दावेदारका रुपमा हेरिएको राप्रपालाई स्थानीय तह निर्वाचनले गतिलो झापड हानको देखिएको छ ।

आफुहरुलाई हिन्दु धारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि अग्रता कायम गर्न नसकेपछि मकवानुपुरमा राप्रपाको राजनीतिक भविष्य के हुने भन्ने विश्लेषण गनृ थालिएको छ ।

दोस्रो संविधानसभा हटौडा महानगर क्षेत्रमा दोस्रो स्थानमा रहन सफल राप्रपा स्थानीय तहको हालसम्मको परिणाममा भने निकै खुम्चिएको छ ।तेस्रो स्थानमा पनि राप्रपा प्रतिस्पर्धात्मक अवस्थामा छैन ।

कमल थापाले २०५१ सालमा संसदीय निर्वाचन जितेको राप्रपाको बलियो उपस्थिती रहेको क्षेत्र नम्बर १ को तीन गाउँपालिकामा राप्रपा चौथो भएको छ । चौथो पनि निकै कम नतिजाका साथमा । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved