प्रधानमन्त्रीको राजीनामा कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 07:57:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ ।  सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुनेछ ।’ मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे । उनले भने, ‘विगतमा भएका भद्र सहमति कार्यान्वयन नभए पनि यसपटक भद्र सहमतिको कार्यान्वयन भद्र रूपमा नै हुनेछ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले वर्तमान सरकारको नेतृत्व परिवर्तन आगामी दुई साताभित्र हुने बताउनुभयो । कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री दाहालले दुई पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने बताउनुभयो । कांग्रेस उच्चस्रोतका अनुसार सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा जेठको अन्तिम सातासम्म प्रधानमन्त्री हुनुहुनेछ । उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व परिवर्तनका लागि संसदीय प्रक्रिया पूरा गर्नुपर्छ । त्यो भनेको वर्तमान सरकारको नेतृत्वबाट दाहालले राजीनामा दिएपछि सात दिनको सहमति र सात दिनको बहुमतीय प्रक्रिया हो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

सामाजिक सञ्जाल, राजनीतिक दलका क्रिया र प्रतिक्रियामा नलाग्न आग्रह गर्दै कांग्रेस उच्चस्रोतले भन्यो, ‘भद्र सहमतिको पहिलोपटक कार्यान्वयन हुँदैछ । दाहालले सहमति पालना गर्ने कुरामा कांग्रेस ढुक्क छ ।’ कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाले एउटै चुनावबीच दुई प्रधानमन्त्री हुन नहुने तर्क गर्दै वर्तमान सरकारले वैशाख ३१ झैं जेठ ३१ गते स्थानीय तहको चुनाव गर्नुपर्ने धारणा राख्नुभएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved