राजेश हमालको कारण एमाले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:19:15 AM मा प्रकाशित

laxmi sunrise bank

भारतमा सेलिब्रेटीहरुलाई चुनावमा उम्मेदवार बनाउने फेसन नौलो होइन, तर नेपालमा सेलिब्रेटीको सिफारिसमा टिकट दिएका कारण जित्ने ठाउँमा पनि एमालेले हारेको छ ।

 एमाले काठमाडौंका संयोजक कृष्ण राई , अर्का नेता योगेन्द्र संग्रौला र सानु श्रेष्ठले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई समेत गुमराहमा पारी चलचित्रका नायक राजेश हमालले सिफारिस गरेको आधारमा पार्टीमा कुनै योगदान नभएको भन्दै देवेन्द्र रिमाललाई काठमाडौं महानगरपालिका वडा नम्बर २६ को टिकट दिइएको कारण त्यो वडामा एमाले पराजित भएको छ ।

 एमालेको राम्रो पकड भएको वडा भएपनि कार्यकर्ताको भावना विपरीत फिल्मका हिरोको सिफरिसको आधारमा टिकट दिँदा एमाले हारेको छ । कार्यकर्ताको भावना विपरीत रिमाललाई लादिएको कारण यसपटक एमालेको लहर आएको बेला समेत उक्त वडामा एमाले हार्न पुगेको छ । एमालेमा दुख गरेका अर्जुनलाल प्रधानलाई टिकट दिनुपर्ने सबैको माग थियो । तर, फिल्मका हिरोले सिफरिस गरेको रिमाललाई टिकट दिँदा एमालेले उक्त वडा गुमाउन पुगेको हो ।

 दुई महिना अघिमात्रै एमालेको सदस्यता लिएका रिमालले वर्षौं दुख गरेका एमाले कार्यकर्तालाई रुवाएर नायक राजेश हमालको सोर्सफोर्समा टिकट लिएका थिए । साँघु साप्ताहिकमा खबर छ ।

 रिमालको लागि मत माग्न टोल टोलमा हिँडेपनि नायकले भनेअनुसारको मत जनताले नदिएपछि उक्त वडामा कांग्रेृसका ख्याम तिवारीले जितेका छन् । जबकि वडा अध्यक्षबाहेक चार सदस्य एमालेले जितेको छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved