माओवादी हेडक्वार्टरद्वारा प्रचण्डको राजीनामा अनुमोदन, एमाले प्रचण्डकै पक्षमा !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेको छ । बैठकमा प्रचण्डले कांग्रेससँग भएको भद्र सहमतिमा इमानदारिता देखाउनुपर्ने बताएका थिए । स्थानीय निर्वाचन गराउने, मधेसी दललाई संविधानको दायरामा ल्याउने र निर्वाचनमा सहभागी गराउने मूल उद्देश्यमा सरकार सफल भएको संश्लेषण उनले गरेका थिए ।

दुई सातामा देउवा प्रधानमन्त्री

दुई दलबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता समय लाग्नेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

एमाले तत्काल सरकार परिवर्तनको विपक्षमा

प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो ।

सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनको मिति अनिश्चित बन्न सक्ने एमालेको ठहर छ । ‘निर्वाचन आचारसंहिता लागू भइरहेको अहिलेको अवस्थामा खरदार, सुब्बा तहका कर्मचारीको सरुवा र नियुक्ति त हुन नसक्ने हुन्छ । यस्तो अवस्थामा सरकार परिवर्तनका कुराले तोकिएको दोस्रो चरणको निर्वाचन समयमै हुन्न कि भन्ने हामीलाई गम्भीर चिन्ता छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved