कांग्रेसले एकसय तह जित्नु अचम्मः ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:44:05 AM मा प्रकाशित

laxmi sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएको बताएका छन् ।एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्‍यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै सिद्धान्त नभएको कांग्रेसले यत्रो सीट ल्याउँदा आफू अचम्मित भएको बताएका हुन् ।

‘कुनै सिद्धान्त नभएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा कसरी यत्तिका सीट ल्यायो, म आफै अचम्मित भएको छु’, उनले भने। अध्यक्ष ओलीले निर्वाचन ताका बुथ कब्जा गरेको र अहिले एमाले जित्ने महानगर र नगरपालिकामा बखेडा झिकिरहेको आरोपसमेत लगाए । अन्नपूर्ण पोस्टमा खबर छ ।

‘एमालेले जित्ने निश्चित भएपछि पोखरा महानगरपालिका र अन्य नगरपालिकामा कांग्रेस र माओवादीले एमालेविरुद्ध भ्रम छर्ने काम गरेका छन्’, उनले भने, ‘कांग्रेस र माओवादीले जुनसुकै बल गरे पनि दोस्रो चरणमा निर्वाचनमा पनि एमालेले बहुमतसहित सानदार जीत निकाल्नेछ।’एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव भएको अध्यक्ष ओलीको दावी थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved