प्रचण्डले जेठ १०गते प्रधानमन्त्री पदबाट राजीनामा दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:52:02 AM मा प्रकाशित

laxmi sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भोली (जेठ १०) गते प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको पार्टीको वैठकमा जानकारी गराएका छन् ।बालुवाटारमा सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा प्रधानमन्त्रीले सो जानकारी गराएका हुन् ।

उक्त जानकारीपछि अन्य नेताहरुले कांग्रेससँगको सहमतिअनुसार पद छोड्नु नै उपयुक्त हुने सुझाव दिएका थिए ।माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नुभएको छ । 

शेर बहादुर देउवाले जहिले छोड भन्नुहुन्छ त्यहि दिन प्रधानमन्त्री छोड्न तयार हुनुहुन्छ । कुनै विशेष घटनाक्रम भएन भने प्रधानमन्त्रीले १० गते राजीनामा दिनुहुनेछ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved