मन्त्रीका कारण बेइजिङमा बेइज्जती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 08:24:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एक माओवादी मन्त्रीको अशिष्ट व्यवहारले चीन सरकारलाई अप्ठ्यारोमा मात्र पारेन, नेपाल बद्नाम हुनेसम्मको स्थिति बन्यो । प्राप्त समाचारअनुसार चीनको राजधानी बेइजिङमा आयोजित ‘ओबीओआर समिट’मा भाग लिन पुगेका मन्त्रीहरू कृष्णबहादुर महरा, रमेश लेखक र सुरेन्द्र उर्फ राम कार्कीमध्ये कार्कीको व्यवहारका कारण नेपालको बेइज्जत हुने स्थिति बनेको हो ।

मे १४ देखि १६ सम्म भएको समिटमा भाग लिन नेपालबाट मन्त्रीहरू १३ तारिखमा बेइजिङ पुगेका थिए । १६ तारिखसम्म अतिथिहरूका लागि खाने–बस्ने उचित प्रबन्ध गरेकोे चीन सरकार त्यसबेला सकसमा पर्‍यो जब राम कार्कीले ‘बेइजिङ घुमाइ पुगेन’ भन्दै थप दुई दिन त्यहीँ बिताउने इच्छा प्रकट गरे । चिनियाँहरू अतिथि सत्कारमा विश्वमै उदाहरणीय मानिन्छन्, तर अतिथि नै अभद्र निस्किए भने उनीहरूलाई नै अप्ठ्यारो पर्दो रहेछ ।

चीन सरकारका तर्फबाट सम्पर्क अधिकृत रहेका व्यक्तिसमक्ष मन्त्री कार्कीले आफ्नो इच्छा जाहेर गर्दा ती अधिकृत चकित परेका थिए । उनले माथिल्लो निकायसम्म मन्त्रीको इच्छाबारे जानकारी त गराए तर थप दुई दिनको खर्च व्यहोर्न चीन सरकार तयार भएन । बेइजिङको महँगो मानिने होटेल सेराटनमा राखिएका कार्कीले होटेल छोड्न मानेनन्, अन्ततः बेइजिङस्थित नेपाली राजदूतावासको जमानीमा मन्त्री कार्की थप दुई दिनपछि होटेल छोडेर नेपाल फर्किएका छन् । उनको होटेल बसाइ र घुमघामको खर्च नेपाली राजदूतावासले व्यहोर्ने भनिए तापनि दूतावाससँग पर्याप्त बजेट नभएकोले राजदूतलाई निकै अप्ठ्यारो परेको बताइन्छ ।

राजदूत लीलामणि पौड्यालले बजेट माग गरी नेपाल सरकारलाई पत्र लेखेको बुझिएको छ । तर, सरकारले समयमै उक्त भुक्तानी दिने सम्भावना भने कमै रहेको छ । भारत सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङसँग विशेष सम्बन्ध रहेको भनी चिनिएका मन्त्री सुरेन्द्र कार्कीले तोकिएको अवधिभन्दा थप दुई दिन बिताउनुलाई चिनियाँ अधिकारीहरूले शङ्काको दृष्टिले हेरेको बताइन्छ । यस घटनाबाट नेपाल र नेपालीको प्रतिष्ठामा धक्का पुगेको महसुस बेइजिङमा गरिएको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved