काश्मिरमा पाकिस्तानी आक्रमण, तीन जना गोर्खा सैनिकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 07:08:45 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ ।पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ ।

मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् ।उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए ।

उनीहरुमा सबैभन्दा कान्छा रविन थिए । पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो ।मृतक डम्बरका १५ र १३ बर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी १९९६ मा सेनामा प्रवेश गरेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved