थप चम्किए शेष घले, बने अस्ट्रेलियाको १०१ औँ धनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 27, 2017 | 09:03:44 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्टेलियाको १०१औँ धनी व्यक्ति बनेका छन् ।

अष्टेलियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको सन् २०१७ का दुई सय धनी व्यक्तिको सूचीमध्ये उनीहरू ६४ करोड ७० लाख डलर (६५ अर्ब रुपियाँ)सहित सो स्थानमा उक्लिएका हुन् ।

यसअघि उनीहरू ५८ करोड ६० लाख डलरसहित १०५औँ स्थानमा थिए । सन् १९९० को दशकको मध्यतिर अष्टेलिया बसाई सरेका घले दम्पतीको उच्च शिक्षा, घरजग्गामा लगानी रहेको छ । मेलबर्नमा उनीहरूकै लगानीमा प्रसिद्ध मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा छ । गोरखापत्र दैनिकमा खबर छ ।

सन् २०१५ मा घले दम्पतीले मलेबर्नमै ४७० ओटा तथा २१० ओटा कोठासहितका दुईओटा टावर होटल निर्माण गर्ने अनुमति पाएका थिए । घले दम्पतीकै लगानीमा नेपालमा प्रसिद्ध सेराटन ब्राण्डको चेन होटल पनि निर्माणाधीन अवस्थामा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved