रित्तिँदै पहाड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 27, 2017 | 09:34:24 AM मा प्रकाशित

अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ। साँफेबगर-मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन्। परम्परागत कलाले सिंगारिएका यी घर अहिले रित्ता छन्। कुनै घरका छाना पूरै भत्किएका छन् त कुनैका भत्किने क्रममा छन्।

घरवरिपरि झाडीले ढाकिएको छ। हेर्दै रहर लाग्ने ती महल अचेल खण्डहरमा परिणत भइरहेछन्। कुनै बेला मानिसको चहलपहलले भरिने दरबारजस्ता महल खण्डहर बन्नुको एउटै कारण हो- तीव्र बसाइँसराइ। सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुर्ख्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा यी घर खण्डहरमा परिणत भएका हुन्।

रिडिकोट गाउँमा कति घरको त अस्तित्व नै नामेट भइसकेको छ भने स्वाँर जातिका मात्र सात-आठवटा घर खण्डहरमा परिणत हुने अवस्थामा छन्। खण्डहर भएका र हुने क्रममा रहेका ती घर देशकै पहिलो दु:खान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरका आफन्तजनका हुन्। अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवत: सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्ये पर्छ। बसाइँसराइ दर उच्च रहेको यस गाउँमा हाल बसोवास गरिरहेका अधिकांश परिवार पनि दोघरी (एक घर त्यहीँ र अर्को अन्यत्र भएका) छन्।

रिडिकोट एक उदाहरण मात्र हो। अछाममा बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन्।

राणाकाल अन्त्य सँगसँगै विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइँ सरेर जाने अछामीहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ, रिडिकोटकै स्थानीयसमेत रहेका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह। उनका अनुसार यसरी बसाइँ सरेर जाने दुई वर्ग छन्। एक, आर्थिक रूपमा सम्पन्न वर्ग जो थप सुविधाको खोजीमा बसाइँ सरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved