राजाले त्यस्तो के रोकेछन् ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 08:16:17 AM मा प्रकाशित

laxmi  sunrise bank

गाई र हलोको विवाद अझै हल नभएको मात्र होइन कि, यही कारण केही दिनमै राप्रपाको संसदीय दल फेरि चोइटियो भने अचम्म मान्नु नपर्ने भएको छ ।पहिलो चरणको स्थानीय निर्वाचनपूर्व अध्यक्ष कमल थापा चुनाव खर्च जोहो गर्न पशुपतिसमशेरकहाँ पुगेका थिए । खाँचो थियो, दुई करोडको । पशुपतिले त्यतिबेलै भनेका थिए, ‘हलो चिह्न नलिएको कारण हाम्रो हार हुँदैछ । हार्ने चुनावका लागि किन पैसा दिने ?’ र, दिएनन् पनि । त्यसपछि विभिन्न दाताबाट संकलन गरिएको रकमबाट राप्रपाले जिल्ला समिति अध्यक्षमार्फत रकम पठायो । एक निर्वाचन क्षेत्र भएको जिल्लामा ५० हजार, दुई निर्वाचन क्षेत्र भएकोमा एक लाख, तीन क्षेत्र भएकोमा डेढ र चार क्षेत्र भएकोमा दुईलाखका दरले रकम पठाइएको थियो ।

तर, यति गर्दा पनि उम्मेदवारहरु पैसा पुगेन भन्दै कोषाध्यक्ष उद्धव पौडेललाई हैरान खेलाइरहेका थिए । निर्वाचनपछि कार्यसम्पादन समितिको बैठकमा कमल थापाले पूर्वराजाबाट सहयोग नपाएको गुनासो राखे । भने, ‘हामीलाई दुःख दिए । पार्टी पनि उनैले फुटाए । सहयोग गरेनन्, पैसा पनि दिएनन् ।’ तर, पशुपति समशेरले कमलको कुरा अस्वीकार गर्दै चुनाव हार्नुको कारण अन्यत्र खोजेर नहुने, हलो चिह्न नलिनुबाहेकका कारणतिर नजाऔं भने । उनको जिकिर थियो, तमलोपाको हलगोरुतिर धेरै भोट गयो । हलो भएको भए त्यस्तो हुँदैनथ्यो ।

यसरी विवाद चुलिँदै गएपछि पशुपतिसमशेर अहिले संसदमा रहेको आफू निकटस्थ सांसदहरुसँग नियमित भेटघाटमा छन् । संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्.याएर अर्को पार्टीको दर्ताको तयारीमा उनी लागेको राप्रपावृत्तमा चर्चा छ । पहिले उनका तर बीचमा कमल थापातिर लागेका विक्रम पाण्डे, दीपक बोहोरा, सुनील थापाहरु अहिले पशुपतिसमशेरसँग नजिक रहेको स्रोतले जनाएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved