बाबुरामलाई उपेन्द्रले हत्तु खेलाएपछि …

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 08:42:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सबै दलसँग कार्यगत एकता गर्ने भन्दै घनीभूत सल्लाह गर्ने तर अन्त्यमा आफैं भाग्ने उपेन्द्र यादवको चरित्रबाट मधेसी नेता हायलकायल छन् । अरु मधेसी नेतालाई त फनफनी घुमाएकै थिए उनले विद्यावारिधीवाल डा.बाबुराम भट्टराईलाई समेत हत्तु खेलाइदिएका रहेछन् ।

मधेसका ६ पार्टी मिलेर राजपा गठन हुनुअगाडि नै बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम पार्टीबीच एकता गर्ने हल्ला चले । तर, यो हल्ला अन्त्यमा हल्लामै टुंगिने भएको छ । नभएका होइनन्, यो बीचमा उपेन्द्र र बाबुरामबी सयौं पटकसम्म सल्लाह पनि भएको हो । कहिले सानेपास्थित भट्टराईकै निवासमा त कहिले नयाँ शक्तिको केन्द्रीय कार्यालयमा । तर, अन्ततः भट्टराईको नयाँ शक्तिसँग एकता भाँडेर उपेन्द्र यादव कहिले राष्ट्रिय जनता पार्टी त कहिले विजय गच्छदारसँग एकीकरण गर्छु भन्दै हिँड्न थालेका छन् ।

बाबुराम निकट स्रोतका अनुसार उपेन्द्र यादवलाई बाबुराम भट्टराईसँग एकीकरण भाँड्न बाहिर र भित्री दुवै खालका शक्ति सक्रिय रहे । हाललाई स्थगन भनिएको र चुनावपछाडि नयाँ शिराबाट एकीकरण प्रक्रिया थाल्ने नयाँ शक्तिका नेताले बताए पनि यी दुई शक्तिबीच एकीकरण नहुने पक्का भएको छ । यसको संकेत केही साताअघि बाबुरामको आफ्नै निवासमा आफूनिकटका केही पत्रकारको भेलामा भट्टराईले खुलासा गरेका थिए ।

बाबुराम भट्टराईसँग पार्टी एकीकरण गर्दा उपेन्द्र यादवकै अस्तित्व धर्मसंकटमा पर्ने र पार्टी कुनै पनि हालतमा भट्टराईको नयाँ शक्तिसँग एक नगर्ने विदेशीले उर्दी जारी भएपछि अन्ततः यादव बाबुरामसँगको पार्टी एक गर्ने योजनालाई यादवले भाँडेर हिँडेको नयाँ शक्तिका नेताले टिप्पणी गर्न थालेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved