माओवादीबाट नयाँ मन्त्री, को-को ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 03, 2017 | 09:04:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा हरेको माओवादी केन्द्रले मन्त्रीमा नयाँ अनुहार पठाउने भएको छ । नयाँ सरकारमा कुन–कुन मन्त्रालय लिने भन्ने टुंग्याउन माओवादीले वर्षमान पुन र कृष्णबहादुर महरामार्फत कांग्रेससँग छलफल गरिरहेको छ ।

वर्तमान सरकामा लिएकै मन्त्रालय लिने विषयमा कांग्रेससँग छलफल भएको तर अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति भएको नेता वर्षमान पुनले बताए । उनलका अनुसार आइतबारसम्म माओवादीले कुन–कुन मन्त्रालय लिने भन्ने टुंगिनेछ ।

अहिलेभन्दा धेरै दललाई नयाँ सरकामा सहभागिता गराउन छलफल चलेको उनले जानकारी दिए । निर्वाचन अगाडि पाँचदेखि सात जनासम्मको मन्त्रिमण्डल गठन गर्ने र त्यपछि अन्य दललाई पनि सहभागी बनाउने विषयमा कांग्रेससँग मोटामोटी छलफल भएको उनले बताए ।

सरकारमा जानुअघि माओवादीले कांग्रेससँग एकखालको समझदारी पनि गर्ने भएको छ । समझदारी गर्ने विषयमा कांग्रेससँग छलफल भइरहेको माओवादी निकट स्रोतले जनाएको छ । कुन–कुन नेता मन्त्रिमण्डलमा सहभागी हुने भन्ने विषय भने प्रधानमन्त्रीले शपथ लिएपछि पार्टी बैठकबाट टुंगो लाग्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved