देउवासँग एमालेले वामदेवलाई भिडाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 03, 2017 | 09:25:37 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ ।चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना गर्ने गरी ठोस निर्णय गरे आइतबार बस्ने संसद् बैठक अवरोध खोल्ने सङ्केत एमालेले गरेको छ । संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचन आइतबार गराउने गरी तयारी गरिरहेका बेला एमालेको पछिल्लो धारणा आएको हो ।

तर, आयोगले निर्णय गर्न विलम्ब गरे वा पुनः मतदान गर्ने गरी निर्णय गरेमा संसद् बैठक अवरोध कायमै राख्ने एमाले नेताहरूले जानकारी दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरिरहेका बेला एमालेले उनलाई सर्वसम्मत हुन नदिने गरी उम्मेदवार अगाडि सार्न लागेको हो।

यद्यपि यसबारेमा एमालेले अझै आधिकारिक निर्णय भने गरिसकेको छैन। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गौतमलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने अनौपचारिक चर्चा भए पनि सचिवालयबाट आधिकारिक निर्णय भइनसकेको बताइन्। तर, देउवालाई सर्वसम्मत प्रधानमन्त्री हुन भने नदिइने उनले प्रस्ट पारिन्।

स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा एमालेले समर्थन गर्न नसक्ने बताए। त्यसको विकल्पमा पार्टीले उपाध्यक्ष गौतमलाई अगाडि सार्ने तयारी गरेको उनको भनाइ छ । पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेले सत्ता समीकरणको विषयमा आन्तरिक छलफल सुरु गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved