लण्डन ब्रिज घटनामा अहिलेसम्म थाहा भएका जानकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 04, 2017 | 08:33:33 AM मा प्रकाशित

laxmi  sunrise bank

लण्डन ब्रिज घटनामा अहिलेसम्म थाहा भएका जानकारी:

प्रहरीले लण्डन ब्रिज क्षेत्रमा भएका घटनाहरुमा एकभन्दा धेरै मारिएको हुन सक्ने पुष्टि गरेको छ।

प्रधानमन्त्री टरिजा मेले यसलाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन्।

लण्डन ब्रिजमा एक सेतो भ्यान पैदलयात्रीमाथि जोताइएको छ। साथै केही मानिसले सर्वसाधारणलाई छुरा प्रहार गरेका छन्।

लण्डन ब्रिज, बरो मार्केट तथा भक्सल क्षेत्रका घटनाबारे प्रहरीले छानबिन गर्दैछ।

प्रहरीले हतियारधारी भएको हुन सक्ने तीनजना संदिग्धको खोजी गरिरहेको बताइएको छ।

लण्डन ब्रिज रेल्वे स्टेशन बन्द गरिएको छ।

मेट्रोपोलिटन प्रहरीले भक्सलको घटना छुरा प्रहारसँग सम्बन्धित रहेको र लण्डन ब्रिज तथा बरो मार्केट घटनासँग नजोडिएको जनाएको छ।

लण्डन ब्रिज र बरो मार्केटको घटनालाई उसले आतंकवादी घटना भनेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved