सरकारले ऐनसेलको लाभकर नै निर्धारण गर्न सकेन, सबै कर चुक्ता भएको एनसेलको दाबी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:13:51 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सरकारलाई पुँजीगत लाभकरको अग्रिम करकट्टीबापत साढे १३ अर्ब रुपैयाँ बुझाएको छ । एनसेलले ठूला करदाता कार्यालयमा आइतबार १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपैयाँ कर बुझाएको आन्तरिक राजस्व विभागकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन् ।

६ पुस ०७२ मा स्विडिस कम्पनी टेलियासानेराले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व मलेसियाको कम्पनी आजियाटालाई १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गरेको थियो । आयकर ऐनअनुसार एनसेल खरिद–बिक्रीमा २५ प्रतिशतले हुन आउने करिब ३५ अर्ब रुपैयाँ लाभकर लाग्ने देखिन्छ ।

एनसेलले यसअघि ठूला करदाताका कार्यालयमा २६ वैशाख ०७३ मा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ बुझाएको हो । ठूला करदाता कार्यालयका अनुसार एनसेलले दुईपटक गरी कम्पनी खरिदबिक्री अग्रिम करकट्टीबापतको १५ प्रतिशत रकम अर्थात् २३ अर्ब ५७ करोड ४३ लाख ६२ हजार रुपैयाँ दाखिल गरेको हो । नेपालको सबैभन्दा ठूला करदाता कम्पनी र जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले करसम्बन्धी विवादलाई टुंग्याउन लाभकर बुझाएको एनसेलका प्रबन्ध निर्देशक सिमोस पार्किन्सले जनाएका छन् ।

के भन्छ एनसेल ? 
सेयर स्वामित्व खरिद र बिक्रीमा कम्पनीको कुनै संलग्नता नभए पनि एनसेलको कर बुझाएको बताएको छ । जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले करसम्बन्धी समस्या समाधानमा एनसेल जिम्मेवार रहेको उसले जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक पार्किन्सले नेपालको कानुनअनुसार एनसेलले कर तिर्दै आएको बताए ।

कर चुक्ता भएको एनसेलको दाबी
ठूला करदाता कार्यालयले आयकर ऐनको दफा ९५ अनुसार अग्रिम करकट्टीबापतको सबै रकम बुझाएको भनी चिठी दिएको कम्पनीले जनाएको छ । आफूले आयकर ऐन २०५८ बमोजिम तिर्नुपर्ने सम्पूर्ण पुँजीगत लाभकर चुक्ता गरेको एनसेलको दाबी छ ।

हालसम्म १ खर्ब ६० अर्ब कर ति¥यो
एनसेलले सरकारलाई हालसम्म साढे १ खर्ब रुपैयाँभन्दा बढी कर दाखिला गरेको जानकारी दिएको छ । कम्पनीले स्थापना भएपछि सन् २००५ देखि जुन २०१७ सम्म १ खर्ब ६० अर्ब रुपैयाँ कर तिरेको हो । एनसेलले सन् २०१६ मा पुँजी तथा लगानीमार्फत नेपालको कुल गार्हस्थ उत्पादनमा ३.२ प्रतिशत योगदान दिएको दाबीसमेत गरेको छ । कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी हाल १ लाख १० हजारले रोजगारी पाइरहेको एनसेले जनाएको छ ।

लाभकर निर्धारण अझै भएन 
एनसेलको सेयर स्वामित्वको कारोबार भएको दुई वर्ष बितिसक्दासमेत सरकारले लाभकर निर्धारण गर्न सकेको छैन । संसदीय समितिहरूले पटक–पटक निर्देशन दिँदा पनि सरकारले हालसम्म लाभकर निर्धारण नगरेको हो । अहिले सरकारले एनसेल विक्रेता कम्पनी टेलियासानेरा र खरिदकर्ता आजियाटासँग छलफल गरेर लाभकर निर्धारण गर्ने कामलाई अन्तिम रूप दिइरहेको अर्थ मन्त्रालय उच्च स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म चाँडो लाभकर निर्धारण गरेर कर उठाउने संसद्को लेखा समितिमा प्रतिबद्धता जनाएका थिए ।  नयाँ   पत्रिका दैनिकमा खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved