पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:21:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहनुभएको छ ।

गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो तर सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानुन व्यवसायी आश्चर्यमा परेका छन् । पराजुलीविरुद्ध नौ पृष्ठ लामो रिट हाल्न सक्रिय गिरी एकाएक सम्पर्कविहीन हुँदा रिटको पक्षमा बहस गर्ने तयारीमा रहेका कतिपय लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत जिल्लिएका छन् ।

गिरीको रिटमा सुनुवाइका लागि गत बिहीबार न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो । त्यसदिन न्यायाधीश चालिसे आईजीपी विवादमा गठित बृहत् इजलासमा समेत रहनुपरेका कारण सुनुवाइका लागि पालो आएन । त्यसदिनदेखि गिरी मुद्दाको तारिख गुजार्दै सम्पर्कमा नआएको सर्वोच्च प्रशासनले जनाएको छ । गिरी आइतबार पनि सम्पर्कमा आउनुभएन ।

सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले निवेदक गिरी सम्पर्कमा नरहेको बताउनुभयो । ‘उहाँ सम्पर्कमा आउनुभएको छैन । तारिख थाम्न पाउने म्याद छउन्जेल हेर्नुपर्ने हुन्छ । अकारण तारिख गुजारेमा बेञ्चले कानुनी कारबाही गर्नसक्छ,’ उपाध्यायले अन्नपूर्ण पोस्टसँग भन्नुभयो । एक वर्षअघि मात्र अधिवक्ताको प्रमाणपत्र लिएका गिरी बनेपा, टुकुचाका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ हाल उच्च अदालत पाटन बार एसोसिएसनको सदस्य रहेको जनाइएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved