खोक्सेखोला र धुसेनी भिरमा पहिरो, मेची राजमार्ग अबरुद्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 09:16:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ । गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ ।

यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै पहिरो पन्छाउन पाँचथरबाट समेत स्काभेटर मेसिन झिकाइएको छ भने पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । सडक अवरुद्ध भएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने छ वटा बस र दर्जनौँ ट्याक्सी रोकिएर रहेका छन् भने यात्रु अलपत्र परेका छन् । बर्सेनि वर्षात्को समयमा सोही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved