७ मुलुकले सम्बन्ध तोड्दा कतारलाई ठुलो आर्थिक भार, नेपालीको रोजगार गुम्ने खतरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 08:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।

सातवटै देशले कतारलाई उपलब्ध गराउँदै आएको हवाई मार्ग (एयर स्पेस) पनि बन्द भएको घोषणा गरेका छन् । प्रमुख तेल उत्पादक मुलुकसँग अन्य देशले सबैखाले सम्बन्ध तोडेका हुन् । युएईले आफ्ना देशमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको छ । आफ्ना देशमा भएका कतारी नागरिकलाई स्वदेश फर्कन र कतारमा रहेकालाई आफ्नो देशमा आउन पनि ती देशले आह्वान गरेका छन् ।

अमेरिकी गठबन्धनसँग नजिक रहेका यी राष्ट्रले कतारलाई एक्ल्याएका हुन् । कूटनीतिक सम्बन्ध अन्त्यको अनपेक्षित घोषणासँगै मध्यपूर्वका शक्तिशाली अरबी राष्ट्रहरू एक–आपसमा विभाजित भएका छन् । विभाजनसँगै खाडी मुलुक र इरानबीच कायम तनाव अझ बढ्न सक्ने विश्लेषण गरिएको छ ।


९ वर्षमा पौने १० लाख नेपाली पुगे कतार

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०६२-६३ पछि गत आर्थिक वर्ष ०७२-७३ सम्म कामका लागि नेपालबाट नौ लाख ७१ हजार नेपाली कतार गएको उल्लेख छ । तीमध्ये गत वर्ष मात्रै एक लाख २९ हजार नेपाली कतार पुगेको विभागको तथ्यांकमा उल्लेख छ । अहिले पाँच लाख नेपाली त्यहाँ रहेको सरकारी अधिकारीको अनुमान छ ।

कतारमा समस्या हुँदा नेपालको श्रमबजार सबैभन्दा धेरै प्रभावित हुनेछ । कतारमा काम गरिरहेका नेपालीहरू समस्यामा पर्ने सम्भावना छ । कतारको अर्थतन्त्र कमजोर हुँदै जाँदा उनीहरूले रोजगारी गुमाउने र नेपाल फर्कने सम्भावना छ । कतारमा लगानी गरेका विदेशीको कम्पनी वा अन्य देशमा गई लगानी गरेका कतारी कम्पनीको भविष्य अन्योलमा परेपछि निश्चय नै नेपालीहरू प्रभावित हुनेछन् । नेपालबाट कतार जाने तयारीमा रहेका र बिदामा नेपाल फर्किएका कामदार पनि मनोवैज्ञानिक त्रासमा हुनेछन् ।

कतारका व्यवसायीले ती देशमा सञ्चालन गरेको कम्पनीमा नेपाली पनि कार्यरत हुन सक्ने भएकाले नेपालीहरू प्रभावित हुने अनुमान सरकारको छ । यस्तै, कतारले साउदी अरेबियाको बन्दरगाह प्रयोग गरेर व्यापार गर्ने भएकाले त्यस क्षेत्रमा कार्यरत नेपाली प्रभावित हुन सक्ने आँकलन गरिएको छ ।

मलेसियापछिको दोस्रो श्रम गन्तव्य नेपालको विप्रेषणको दोस्रो ठूलो स्रोत कतार हो । ‘कतारमा अन्य देशको तुलनामा कम पारिश्रमिक रहेकाले कामदारको तुलनामा रेमिट्यान्स कम आउँछ,’ रेमिटर्स एसोसिएसनका अध्यक्ष राजगोपाल राजभण्डारीले भने । कतारसँग नेपालको उल्लेखनीय व्यापार छैन । त्यसकारण यो निर्णयले द्विदेशीय व्यापारमा भने असर गर्दैन ।

छिमेकीले सम्बन्धविच्छेद गरेपछि कतारका लागि खाद्य संकटको समस्या पर्न सक्छ । प्राकृतिक र भौगोलिक कारण कतारले खाद्यान्न उत्पादन गर्न सक्दैन । उसलाई खाद्यान्न आयातका लागि साउदी अरेबियाले आफ्नो सिमानाका उपलब्ध गराएको थियो । साउदीको रुट हुँदै कतारमा उपभोग हुने ४० प्रतिशत खाद्यान्न आयात हुने गरेको छ । साउदीले यो ढोका पनि बन्द गरिदिनेछ ।

अन्तर्राष्ट्रिय वायु सेवाको उडान रद्द

नेपालबाट कतार यात्रु लैजाने ६ वटै देशका विमान सेवा कम्पनीले कतारमा हुने आफ्नो उडान रद्द गरेका छन् । उनीहरूले वैकल्पिक व्यवस्थाका लागि तयार रहन अथवा पैसा फिर्ता लिन यात्रुलाई आग्रहसमेत गरेका छन् । इत्तेहाद एयरलाइन्सले दोहाका लागि त्रिभुवन विमानस्थलबाट हुने सोमबार रातिको आफ्नो उडान नै कतारका लागि अन्तिम हुने जनाएको छ । एमिरेट्स एयरलाइन्स, फ्लाइदुबई, एअर अरेबियालगायतले पनि त्यसैअनुसारको परिपत्र गरिसकेको एक वायु सेवा सञ्चालकका प्रतिनिधिले बताए । ‘यो अप्रत्याशित निर्णय होइन, नेपालीका लागि अचम्म लागेको भए पनि उनीहरू मनोवैज्ञानिक रूपमा तयार थिए,’ उनले भने, ‘अधिकांश वायु सेवा सञ्चालकले आफ्नो व्यवस्था गरेका छन्, त्यसैले आत्तिनुनपर्ला ।’

काठमाडौंबाट सीधै कतार जान अब तीन विकल्प नेपालीसमक्ष हुनेछ । नेपाल वायुसेवा निगमले साताको तीनवटा उडान काठमाडौं–दोहा रुटमा गरिरहेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले दैनिक एउटा र कतार एयरवेजले दैनिक दुईवटा उडान गर्दै आएका छन् । ‘अब यात्रुको चाप त बढ्छ, तर कतार एयरवेजले व्यवस्थापन गरिसकेको हुनुपर्छ,’ स्रोतले भन्यो, ‘होइन भने अन्य देशका कम्पनीमार्फत जानुपर्छ ।’

सूक्ष्म रूपमा हेरिरहेका छौँ : परराष्ट्र मन्त्रालय

खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, काएरो, रियादमा रहेका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

आँखा विश्वकपमा

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारलाई छिमेकी राष्ट्रको योे कदमले ठूलो क्षति पुग्नेछ । कतारले विश्वकप आयोजना गर्न नसक्ने भन्दै पश्चिमा मुलुकले अविश्वास गर्दै आएका थिए । विश्वकपका लागि उपयुक्त वातावरण कतारमा नरहेको पनि उनीहरूले उल्लेख गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय वायु सेवाको उडान रद्द

काठमाडौंबाट कतार यात्रु लैजाने ६ देशका एयरलाइन्सले कतारमा हुने आफ्नो उडान रद्द गरेका छन् । उनीहरूले वैकल्पिक व्यवस्थाका लागि तयार रहन अथवा पैसा फिर्ता लिन यात्रुलाई आग्रहसमेत गरेका छन् । युएईको इत्तेहाद एयरलाइन्सले काठमाडौंबाट दोहाका लागि सोमबार रातिको आफ्नो उडान नै अन्तिम हुने जनाएको छ । फ्लाइदुबई, एअर अरेबियालगायतले पनि त्यसैअनुसारको परिपत्र गरिसकेको एक वायु सेवा सञ्चालकका प्रतिनिधिले बताए । काठमाडौंबाट सीधै कतार जान अब नेपालीसँग तीन विकल्प छन् । नेपाल वायुसेवा निगमले काठमाडौं–दोहा रुटमा साताको तीन उडान गरिरहेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले दैनिक एउटा र कतार एयरवेजले दैनिक दुई उडान गर्दै आएका छन् ।

किन गरियो सम्बन्ध अन्त्य ?

कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कदमको नेतृत्व साउदी अरेबियाले गरेको हो । तर, सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा बहराइनले ग-यो । त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले सम्बन्ध अन्त्य गरे । यो क्लबमा यमन, लिबिया र माल्दिभ्स पनि जोडिए । साउदीका अधिकारीहरूले ‘आतंकवादी र अतिवादीको आक्रमणबाट राष्ट्रलाई हुन सक्ने खतराबाट जोगाउन’ यस्तो निर्णय गरिएको बताएका छन् । यो तर्कमा अन्य राष्ट्रहरूले पनि सहमति जनाएका छन् ।

पछिल्लो समय कतारसँग यी राष्ट्रहरूको सम्बन्ध चिसिएको थियो । दुई साता पहिले मात्र इजिप्ट, साउदी अरब, बहराइन र युएईले अल जजिरालगायतका कतारी समाचार संस्थाको वेबसाइट ब्लक गरेका थिए । कतारी अमिर सेख तमिम विन हमाद अल थानीले साउदी अरबको आलोचना गरेको सामग्री कतारी सञ्चारमाध्यममा प्रसारण गरिएको भन्दै ती समाचार संस्थाको वेबसाइट ब्लक गरिएको हो । तर, कतार सरकारले यो कदम ‘लज्जास्पद साइबर अपराध’ भएको भन्दै खण्डन गर्दै आएको छ । यसअघि सन् २०१४ मा साउदी, बहराइन र युएईले कतारबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए ।

हाल कूटनीतिक सम्बन्ध अन्त्य गरेका राष्ट्रले कतारले इस्लामिक अतिवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । इरानले पनि अतिवादी समूहलाई सहयोग गरेको हुन सक्ने आंशका ती राष्ट्रको छ । इरान र साउदीबीच पनि द्वन्द्व रहिआएको छ । कतारले सिरियाको अतिवादी समूहलाई पनि आर्थिक तथा हातहतियारलगायत सहयोग गरेको विश्वास गरिँदै आएको छ । अतिवादी मुस्लिम नेतालाई आर्थिक सहयोग गरेको आरोप कतारले भने अस्वीकार गर्दै आएको छ ।

दुई सातापहिले मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादमा मुस्लिम राष्ट्रले अतिवादीविरुद्ध लड्न नेतृत्वकारी भूमिका खेल्नुपर्ने बताएका थिए । उनले मध्यपूर्वमा अस्थिरता ल्याएको भन्दै इरानको आलोचना गरेका थिए । तर, केही पश्चिमा देशले भने साउदी अरबले पनि अतिवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि लन्डन आक्रमणका लागि बेलायती अतिवादी समूहलाई साउदीले सहयोग गरेको हुन सक्ने बताएकी छन् । नयाँ पत्रिकामा खबर छ। 

नेपालीको रोजगारी गुम्ने खतरा छ

गणेश गुरुङ, 

वैदेशिक रोजगारविज्ञ

कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग-यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ ।

सूक्ष्म रूपमा हेरिरहेका छौँ : परराष्ट्र मन्त्रालय

खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved