डा. शेखर कोइरालाको नजरमा देउवाका चुनौती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 08:11:29 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री भएसँगै देउवाको सबैभन्दा ठूलो र पहिलो चुनौती १४ असारमा दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउनु नै हो । निर्वाचनमा राष्ट्रिय जनता दललाई पनि ल्याउनुपर्छ ।

त्यसपछिको दोस्रो ठूलो चुनौती भनेको विपक्षी एमालेलाई समेत मनाएर संविधान संशोधन गर्नु हो । स्थानीय तहको निर्वाचन र संविधान संशोधन हुने विषयले प्रदेशको सीमांकन, निर्वाचनदेखि संसद्को निर्वाचनसम्मलाई सहजता प्रदान गर्छ ।

यसकारण पनि संविधान संशोधनलाई सहमतिमा टुंग्याएर संविधान संविधानले दिएको ७ माघको दायराभित्र प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने चुनौती प्रधानमन्त्रीमाथि छ ।

पार्टीभित्र पनि चुनौती छन् । पहिलो चरणमा टिकट वितरणमा केही कमजोरी हुँदा हामी सहरी क्षेत्रमा हार्न पुग्यौँ । अब दोस्रो चरणको निर्वाचनमा हामीलाई त्यस्तै गल्ती गर्ने सुविधा छैन ।

पार्टीमा पदाधिकारी, विभाग गठनसहितका संरचनालाई पूर्णता दिएर सांगठनिक रूपमा चुस्तदुरुस्त पार्टी बनाउँदै प्रदेश र संसद्को निर्वाचनमा भिड्न सक्ने पार्टी बनाउनुपर्ने चुनौती देखिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved