जर्मन राजदूत कार चढेर स्वदेशतर्फ !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 07:09:29 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेका छन् ।

जर्मन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । ११ हजार किलोमिटरभन्दा बढीको दूरी कारमा चढेर स्वदेश फर्कने योजना रहेको उहाँले सुनाउनुभयो । नेपालमा कार्यकाल सकेपछि कार चढेर स्वदेश फर्कने सम्भवतः पहिलो राजदूत जर्मन राजदूत मायर हुनुहुनेछ ।

योजनाअनुसार शनिबार बिहान ४ बजे ज्ञानेश्वरस्थित जर्मन दूतावासबाट उहाँको कार यात्रा सुरु हुनेछ । दूतावास परिसरमा उहाँको यात्राका लागि मित्सुबिसी कार तयारी हालतमा राखिएको छ । एक जर्मन साथी र आफूले आलोपालो कार हाँक्ने उहाँले सुनाउनुभयो ।

काठमाडौंबाट सुरु हुने उहाँको यात्रा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर एकरात बिताएपछि दोस्रो दिन महेन्द्रनगर पुग्नेछ । ‘नेपालका मन पर्ने स्थानमा लुम्बिनी पनि एक हो । धेरैपटक लुम्बिनी पुगेर बसेको छु । अर्को ठाउँ मुस्ताङ हो’, उहाँले भन्नुभयो ।

महेन्द्रनगरमा एकरात बिताएर सोमबार भारत प्रवेश गर्ने तयारीमा राजदूत मायर हुनुहुन्छ । ‘लामो दूरीको यात्रा गर्ने मेरो सोख हो’, राजदूत मायरले भन्नुभयो, ‘मेरो कार यात्राका लागि सबै तयारी भइसकेको छ । आशा छ, यात्रा रमाइलो हुनेछ ।’ भारतपछि पाकिस्तानको बलुचिस्तान पुगेर रात बिताउने उहाँको योजना छ ।

पाकिस्तानमा उहाँलाई त्यहाँको सेनाले ‘एस्कर्ट’ गर्नेछ । इरान, टर्की, अर्मेनिया, ग्रिस, इटली, स्विजरल्यान्ड हुँदै ह्यामवर्ग, जर्मनीमा रहेको आफ्नो घर पुगेर राजदूत मायरको यात्रा टुंगिनेछ । ती मुलुक हुँदै कार यात्रा गर्न उहाँले भिसा लिइसक्नुभएको छ । अफ्रिकी मुलुक लिवियामा राजदूत हुँदा मायरले सहारा मरुभूमिको लामो यात्रा कारमै गर्नुभएको थियो । ‘लामो दूरीको कार यात्रा गर्नु मेरो एउटा सोख नै हो । विदेश सेवाको अन्त्यमा सबैभन्दा लामो कार यात्रा हुँदै छ’, उहाँले उत्साहित हुँदै भन्नुभयो ।  अन्नपूर्ण पोस्टमा खबर छ । 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved