राजपाको यो कस्तो अडान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 07:14:17 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ । संविधान संशोधनविना चुनावमा जान नसक्ने अडानमा रहेको राजपाले अध्यक्षमण्डलको अनौपचारिक बैठक र सरकारसँगको सम्पर्कमा असार १४ गते हुने चुनावमा सहभागिताका लागि ‘निकास दिनुपर्नेु धारणा व्यक्त गरेको हो ।

तराईका जिल्लामा सक्रिय रहेका राजपाका शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरत्सिंह भण्डारीले संविधान संशोधन नै आगामी निर्वाचनको निकास रहने दोहोर्‍याएका छन् ।

राजाप नेता वृषेशचन्द्र लालले आगामी चुनावमा सहभागी हुन संशोधनको विकल्प नरहेको बताउनुभयो । उहाँले मधेसका शीर्ष नेतात्रयसहित आफूहरू संविधान संशोधनविना चुनाव भए आन्दोलनमा जाने निक्र्योलसहित मधेसी जनतालाई एकीकृत गर्न लागिपरेको बताए ।

एक प्रश्नको उत्तरमा उनले भने, ‘मधेसका सशस्त्र समूह र आफूहरूबीच एजेन्डा नै फरक भएकाले खासै सम्पर्कमा रहनु जरुरी छैन । यद्यपि, सशस्त्रलगायत अन्य राजनीतिक दल र समूहले संविधान संशोधनविना चुनाव भए हाम्रा विरोध कार्यक्रमलाई सघाउन सक्छन् । राजपाले सरकारलाई दिएको समर्थन कार्यान्वयनका लागि तत्काल वार्ता गर्दै एउटा ठोस निर्णयमा पुग्नु अपरिहार्य रहेको उनले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved