केसीलाई मन्त्री बनाउन देउवाद्वारा अस्वीकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 10, 2017 | 09:24:47 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्तिका लागि सिफारिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेको स्रोतले जनायो ।

पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन–कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने जनाउ दिएको छ । पौडेलले पठाउने सूचीमा केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईको नाम रहेको उनीनिकटले बताएका छन् । दलीय भागबण्डामा कांग्रेसले न्यूनतम ११ मन्त्रालय पाउने भएपछि प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई चार मन्त्रालय दिने मनस्थिति बनाएका छन् ।

कुनकुन मन्त्रालय दिने देउवाले केही खुलाएका छैनन् । कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको संख्यामा टुंगो लागे पनि सरकारमा सहभागी हुने राजनीतिक दल र प्रतिनिधित्वको अन्तिम टुंगो भइनसक्दा मन्त्रालय कुनकुन राख्ने भन्ने निर्क्योल हुन बााकी छ । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved