मन्त्री बन्न मारामार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 10, 2017 | 09:40:51 AM मा प्रकाशित

laxmi  sunrise bank

शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तारूढ दलभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ ।

सबै दलमा मन्त्री हुने आकांक्षी बढी भएकाले विवाद टुंग्याउन नसक्दा प्रधानमन्त्री देउवाले सुरूमा ८ सदस्यीय मन्त्रिमण्डल मात्र बनाएका छन् ।

स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोँच बनाएका छन् तर, सरकारमा कसकसलाई थप्ने भन्नेबारे सत्तासिन दलभित्रै भाँडभैलो उत्पन्न भएको छ ।

सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रमा मात्र नभइ फोरम लोकतान्त्रिक र राप्रपा भित्र पनि मन्त्री छान्ने विषयमा विवाद उत्पन्न भएको छ । नागरिक दैनिकमा भुवन शर्माले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved