प्रयोगशालाले बिरामीको नमुना परीक्षण गर्न विदेश पठाउन नपाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 07:51:00 AM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि कुनै पनि प्रयोगशालाले बिरामीको नमुना परीक्षण गर्न विदेश पठाउन नपाउने भएका छन्। प्रयोगशालामा हुने ठगीलाई रोक्न सरकारले स्वदेशमै नमुना परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। अधिकांश स्वास्थ्यसम्बन्धी प्रयोगशालाले विभिन्न बहानामा बिरामीको नमुना परीक्षण गर्न विदेश पठाउने गरेका छन्।

राष्ट्रिय जनस्वा,स्थ्य प्रयोगशालाका सहप्रमुख विष्णु उपाध्यायले अब स्वदेशी प्रयोगशालामा परीक्षण सुविधा उपलब्ध नभएमा मात्र केन्द्रीय प्रयोगशालाको अनुमति लिई विदेश पठाउन सकिने बताए। ‘हिजोका दिनमा जति पनि नमुना परीक्षणका नाममा ठगी गर्ने र विदेश पठाउने चलन थियो। त्यसको अन्त्यका लागि हामीले प्रयोगशाला नीतिलाई अगाडि बढाएका छौँ, यसले बिरामीको नमुना परीक्षण नेपालमै गर्न बाध्य बनाउनेछ,’ उनले भने। सरकारले आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने उद्देश्यले नमुना परीक्षणका लागि विदेश पठाउने प्रावधानलाई रोक लगाएको हो।

वैज्ञानिक प्रयोगशालाको नाममा ठगी गर्नु अपराध

सेवा छैन भन्ने बहानामा नमुना परीक्षण गर्न विदेश पठाउन नपाइने उपाध्यायको भनाइ छ। ‘सबै नमुना परीक्षण स्वदेशमै हुनुपर्छ, सेवा छैन भन्ने बहानामा विदेश पठाउन पाइँदैन,’ उनले भने। उपाध्यायले गरिब र विपन्न परिवारका बिरामीलाई ठग्ने र महँगो रकम असुल्ने नाममा विदेशी एजेन्टहरू नेपालमा लगानी गरेर बसेको दाबी गर्दै पेसाको नाममा यस्तो गर्नु जघन्य अपराध भएको बताए।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले गुणस्तरीय स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने उद्देश्ले सरकारी, निजी, सामुदायिक, गैरसरकारी वा सहकारीस्तरमा स्थापना हुने स्वास्थ्य संस्थामा आधारित प्रयोगशालाबाटै सस्तो र गुणस्तरीय सेवा दिनुपर्ने बताए। ‘प्रयोगशालाहरूको सेवा सञ्चालन गर्दा सरल, सहज, व्यवस्थित तथा प्रभावकारी बनाई नमुना परीक्षण स्वदेशमै गर्नपर्छ, जहाँ नमुना जाँच गर्न दियो त्यहीँ परीक्षण गर्नुपर्छ, तर नेपालमा यस्तो भएको पाइँदैन,’ उनले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सहप्रमुख विष्णु उपाध्यायले राम्रो पैसा लिएर अन्तर्रा्ष्ट्रियस्तरको परीक्षण हुने नाममा दिल्ली, मुम्बई लगी कामै नलाग्ने ल्याबमा परीक्षण गरेको पाइएको जानकारी दिए। वैज्ञानिक परीक्षणको नाममा केही चिकित्सकसमेत संलग्न भई ठग्ने गरेकाले यसलाई तत्काल रोक्न सरकारले नयाँ व्यवस्था गर्न लागेको उनको भनाइ छ।

परीक्षण गर्न पठाएबापत थप शुल्क लिन नपाइने

नयाँ व्यवस्थाअनुसार कुनै पनि प्रयोगशालाले नमुना परीक्षणका लागि पठाएबापत थप शुल्क लिन पाउनेछैनन्। अबदेखि स्वदेश तथा विदेशका प्रयोगशालामा परीक्षण गरेको नतिजा सम्बन्धित प्रयोगशालाकै रिपोर्ट फर्ममा उपलब्ध गराउनुपर्नेछ। ‘विदेशको प्रयोगशालाबाट रिफर भएर आएको नमुना अन्य प्रयोगशालामा परीक्षण गराउन पाइँदैन। तर, स्वदेश अथवा विदेशको कुनै प्रयोगशालाको शाखामा आएका नमुनालाई सम्बन्धित शाखाको मुख्य प्रयोगशालामा पठाउन भने कुनै बाधा गरिनेछैन,’ उनले भने,‘रिपोर्टमा कुनै पनि समस्या देखिए सम्बन्धित देशको प्रमुख प्रयोगशालामा पठाउन पाइनेछ।’ उपाध्यायले देशभित्र सेवा उपलब्ध हुँदाहुँदै कुनै सेवाग्राहीको इच्छा देशबाहिरको प्रयोगशालामा परीक्षण गराउने भए पठाउन सकिने स्पष्ट पारे। तर, यसरी परीक्षण पठाउँदा सेवाग्राहीको अनिवार्य लिखित सहमति लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराउनुपर्नेछ। ‘देशबाहिर नमुना परीक्षणका लागि पठाउने प्रयोगशाला कम्तीमा पनि बी समूहको हुनुपर्दछ। अन्यथा पठाउन पाइँदैन,’ उनले भने। नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved