व्यवस्थापिका संसद्को बैठक तीन साताका लागि स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 09:03:24 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका संसद्को बैठक तीन साताका लागि स्थगित भएको छ ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सांसदहरू जिल्ला जानुपर्ने भन्दै संसद् लामो समय स्थगित गरिएको हो ।  संसद् स्थगित गर्न राष्ट्रिय जनता दललाई चुनाव चिह्न दिनेगरी सरकारले ल्याएको विधेयक आइतबार नै तीनवटा बैठक राखी पारित गरिएको हो ।

प्रमुख दलका प्रमुख सचेतकहरूसँगको परामर्शपछि सभामुख ओनसरी घर्तीले बैठक लामो समय स्थगित गर्नुभएको हो ।  गत शुक्रबार नै बैठक असार १८ सम्म स्थगित गर्ने सभामुखको तयारी भए पनि स्थानीय तह शासन सञ्चालन विधेयक दफावार छलफलको प्रक्रियामा पठाएर स्थगितको तयारी भएको थियो ।

तर, सरकारले राजपालाई चुनाव चिह्न दिनेगरी आइतबार नै नयाँ विधेयक ल्याएपछि उक्त विधेयक पारित गरेर बैठक स्थगित भएको हो ।  बजेटसम्बन्धी विधेयक पनि संसद्मा पेस हुने चरणमा छ ।  यस्तै, संसद्मा स्थानीय तह शासन सञ्चालन लगायतका महत्वपूर्ण विधेयक विचाराधीन छन् ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा असार २ गतेदेखि मनोनयन हुँदैछ ।  दलहरू उम्मेदवार तोक्ने आन्तरिक गृहकार्यमा छन् ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते हुने भएको छ । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved