एक किलोमिटर सडकमा ३० सवारीसाधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 08:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा एक किलोमिटर सडकबराबर ३० वटा सवारीसाधन सञ्चालनमा रहेको तथ्यांक सरकारले निकालेको छ । सडक विभाग र स्थानीय निकायले निर्माण गरेका सबै प्रकारको सडक (कालोपत्रे, खन्डस्मित र माटे)का आधारमा यो तथ्य निकालिएको हो । 

सडक विस्तारको तुलनामा सवारीसाधनको वृद्धि उल्लेख्य रहेको तथ्यांकले देखाउँछ । चालू आवको ८ महिनामा ५ हजार १७१ किलोमिटर सडक निर्माण भएकोमा सवारी दर्ता भने २ लाख ६३ हजार ८ सय ७१ वटा भएको छ । 

सडक निर्माण गर्ने दुई निकाय सडक विभाग र स्थानीय निकायले हालसम्म (चालू आवको ८ महिनासम्म) निर्माण गरेको कुल सडक ८६ हजार ७ सय ८९ किलोमिटर छ । सोही अवधिमा देशभरका यातायात कार्यालयहरुमा दर्ता भएका सवारीसाधनको संख्या भने २६ लाख २ हजार ९८६ रहेको छ ।

आव ०७०/०७१ मा ४ हजार ६५ किलोमिटर सडक निर्माण भएकोमा १ लाख ९८ हजार ३४३ वटा सवारी दर्ता भएको थियो । त्यसैगरी आव ०७१/०७२ मा २ लाख ३९ हजार ५८३ सवारी दर्ता हुँदा २ हजार ५९९ किलोमिटर सडक निर्माण भएको देखिन्छ । आव ०७२÷०७३ मा जम्मा १ हजार १४५ किलोमिटर सडक बन्दा २ लाख ६३ हजार ८ सय १७ सवारीसाधन दर्ता भएको देखिन्छ । 

अझै देशका दुई जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेका छैनन् । देशभर निर्माण भएका सडकमा कालोपत्रेको लम्बाइ ज्यादै न्यून रहेको छ । स्थानीय तहले निर्माण गरेका अधिकांश सडक माटे भएकाले गाडी गुड्न योग्ग छैनन् । सरकारले सवारीसाधनबाट सडक मर्मत तथा सम्भार दस्तुर शीर्षकमै शुल्क लिँदै आएको छ ।

दुईपांग्रेबाट इन्जिन क्षमताका आधारमा र चारपांग्रे सवारीबाट मूल्यको ७ प्रतिशत रकम सडक सम्भार तथा मर्मत दस्तुर लिने व्यवस्था छ । उक्त रकम सिधै सडकमा खर्च गर्नुपर्ने माग अटोमोबाइल व्यवसायीले गर्दै आएका छन् । 

“सरकारले सवारीसाधनबाट सडक सम्भार दस्तुर लिँदै आएको छ । हामीले उक्त रकम सिधै सडकमा खर्च गर्नुप-यो भन्दै आएका छौं,” नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले भने, “रकम एउटा नाममा असुल्ने तर खर्च भने अन्तै गर्दा पनि यो समस्या सिर्जना भएको हो । सरकारले सवारीसाधनको संख्या धेरै भयो भन्दै आएको छ, तर वास्तविकतामा सवारी संख्या धेरै होइन, सडक कम भएको हो ।”

अघिल्लो आर्थिक वर्षमा ११ सय ४५ किलोमिटरमात्र सडक निर्माण भएको तथ्यांक छ । सरकारले आफ्नो कमजोरीलाई छोप्न सवारीको संख्या धेरै भएको प्रचार गरिरहेको व्यवसायीहरू आरोप लगाउँछन् ।

देशभर रहेका सवारीका आधारमा ११ जना नेपालीबराबर एउटा सवारी पर्ने देखिन्छ । “यस्तो अवस्थालाई कसरी सवारी धेरै भयो भन्न सकिन्छ ?” श्रेष्ठ प्रश्न गर्छन्, “सरकारले सवारी धेरै भयो भन्नु भन्दा सडक कम भएको रहेछ भनेर निर्माणमा जोड दिनुपर्छ ।” 

नेपालमा सडक विभाग र स्थानीय निकायबाहेक अन्य केही आयोजनाले समेत सडक निर्माण गर्दै आएका छन् । उक्त सडक ज्यादै काम भएको र यो तथ्यांकमा समावेश गरिएको छैन । 


सडक र सवारीको वार्षिक वृद्धि

आर्थिक वर्ष    सडक (किमी)    सवारी संख्या 

२०७०/०७१    ११८१/२८८४    १९८३४३

२०७१/०७२    १०५०/१५४९    २३९५८३

२०७२/०७३    ८१२/३३३    ३४३७६४

२०७३/०७४ (८ महिना)    ८४९/४३२२    २६३८१७

आर्थिक सर्वेक्षण २०७३/०७४


हालसम्म निर्माण भएको सडक र दर्ता भएका कुल सवारी संख्या

आर्थिक वर्ष     सडक (किमी)    सवारी संख्या

२०६९/७०    २५२६५/४८५४४    १५५७४७८

२०७०/७१    २६४४६/५१४२८    १७५५८२१

२०७१/७२    २७४९६/५२९७७    १९९५४०४

२०७२/७३    २८३०८/५३३१०    २३३९१६९

२०७३/७४ (८ महिना)    २९१५७/५७६३२    २६०२९८६

आर्थिक सर्वेक्षण २०७३/७४


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved