पुष्पकमलको फोहोरी भान्सा देखेर कालिगढहरू नै छक्क !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 07:34:52 AM मा प्रकाशित

laxmi  sunrise bank

‘यस्तो हुने गरी के पकाउँछन् ? के खाए होलान् ?’ हिजो बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासको भान्सा रंगरोगन गर्दा कालिगढहरू नै छक्क पर्दै थिए, पूर्ववर्ती सरकारका प्रधानमन्त्री पुष्पकमलको फोहोरी भान्सा देखेर ।त्यही भान्सामा हो, शेरबहादुर देउवा आजभोलिमै सर्नुपर्ने । तर, कुरा भान्साको मात्र हैन, झ्यालका सिसा, टेबुलदेखि बस्ने कुर्सीसम्म फोहोरले खत्तम छ । तान्त्रिकहरूको भर पर्दा त्यहाँ सर्नुपर्ने प्रधानमन्त्री रोकिएका रोकियै छन् । बूढानीलकण्ठबाट तोकेरै भित्ताको रंगदेखि कुर्सीका आसनसम्म मिलाउने आदेश सुन्दासुन्दा भवन सम्भारका हाकिम पक्रिन तुलाधर हैरान भइसके । खासमा देउवा बालुवाटार नसरिरहेको चाहिँ ग्रह खराब भएरै हो । असार ३, अर्थात् पर्सि शुक्रबारसम्म देउवाको राहु अष्टम पदमै रहन्छ । यो भनेको शत्रु बलियो हुने योग हो । असार ३ पछि राहु ग्रह बृहस्पतिको सहयोगी भएर बस्ने ज्योतिषहरूले बताएका छन् । राहु ग्रह बृहस्पतिको सहयोगी हुँदा यसको शत्रु–शत्रुबीचमै झगडा पर्ने र आफ्ना काम सुचारु हुने ज्योतिषका कुरा सुनेपछि देउवाले धेरैमा एक हप्ताका लागि बालुवाटार सर्ने कुरा स्थगन गरेका छन् ।

ग्रह बलियो नभएकै कारण देउवाले अहिलेसम्म स्वकीय र निजी सचिवालयमा राखिने मानिस छानेका छैनन् । जताततै सुराकीको जगजगी चल्न थालेपछि कसलाई कति पत्याउने भन्ने संकट छ, उनको वरिपरि । उनीसँग बूढानीलकण्ठमा पुरानै पिएहरू भानु र वीरेन्द्र थापा नै छन् । स्वकीय सचिवालयमा राख्नुपर्ने सहयोगीका सूची पत्नी आरजुदेखि साला भूषणसम्मले उतारेका छन् । तर, देउवा भने दोस्रो चरणको स्थानीय निर्वाचनअघि केही गर्ने मुडमा छैनन् । सिंहदरबारस्थित प्रधानमन्त्री सचिवालयमा पुष्पकमलकै पालाका कर्मचारी छन् । भर्खरै त्यहीँका कम्प्युटर अधिकृत यामप्रसाद तिवारी मात्र हुन्, नयाँ गएका । बालुवाटारमा पनि सिंहदरबारबाटै काजमा गएका पुरानै कर्मचारी दयानिधि दवाडीले नै काम हेरिरहेका छन् । आजको जनआस्थाबाट



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved