श्रीमानद्वारा चेली बेच्नेको सफाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 07:51:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमाणको पर्याप्ततासहित अभियोग प्रमाणित भएर मात्र के गर्नु, अदालत नै बांगिएपछि भारतको कोठीमा बेचिएर फर्किएकी कल्पना (नाम परिवर्तन) अहिले अदालतको त्यस्तो रवैयाका कारण छाँगाबाट खसेझैँ भएकी छन् । 

अनन्तलिंगेश्वर भक्तपुरमा डेरा गरी बस्ने कल्पना नयाँबानेश्वरस्थित निशा ब्युटी पार्लरमा कपाल बनाउन गएका बेला सलिना नामक युवतीसँग भेट भएको थियो । कामको खोजीमा रहेको थाहा पाएपछि सलिनाले कल्पनालाई भारतमा राम्रो काम पाइने भन्दै केही सम्पर्क नम्बर दिइन् । 

त्यसआधारमा उनी ०७२ फागुन २५ मा वीरगन्ज हुँदै दिल्ली, किसनगढ त पुगिन् । तर, काम रहेछ, कोठीमा आफ्नो शरीर लुटाउने । अनिच्छाका बीचमा पनि कल्पनाले १५ दिनसम्म ग्राहकको यौन सन्तुष्टि पूरा गराइन् । तर, १५ दिनपछि अत्यधिक रक्तश्रावका कारण उनी शिथिल बनिन् । उनले किसनगढकै एक अस्पतालमा दुई महिनासम्म उपचार गराइन् र निको भइन् । त्यसपछि त्यहीँका नेपालीले अलि–अलि खर्च जुटाएर उनी स्वदेश फर्किइन् । फर्किएर उनलाई यस्तो काममा लगाउने सलिनाको खोजी गरिन् । भेटिनन् । 

प्रहरीमा उजुर गरेपछि उनलाई दिल्ली पु¥याउनेमध्येका बलिराम महतो पक्राउ परे । बोराको सिलाइ र छपाइको काम गर्ने बलिरामले वीरगन्जमा चप्पल कारखानामा काम गर्ने राजु गुप्तालाई चिनेका थिए । उनलाई मानव बेचबिखनको मुद्दा लागेका कारण भारतमा बस्न थालेका थिए । त्यसपछि राजुसँग फोनमा कुरा हुन थाल्यो । उनले रवि थोकर नामक व्यक्तिसँग बलिरामको सम्पर्क गराए । रवि पनि भारतमै बस्छन् । 

रविले बलिरामलाई फोन गरेर आफ्नी दुई साली वीरगन्ज पुग्ने र तिनलाई रक्सोल कटाएर आफूकहाँ पठाइदिन भनेका थिए । भनेअनुसार गरे पनि । दुई युवती पठाएको केही दिनपछि काठमाडौंबाट सलिनाले रविको नाम लिँदै बलिरामलाई फोन गरिन् । र, कल्पनासँग सम्पर्क गराइन् । कल्पनाले प्रहरीमा उजुर गरेपछि पक्राउ परेका बलिरामलाई १० दिनअघि सफाइ दिएको छ । भक्तपुरका जिल्ला न्यायाधीश गिरिराज गौतमको इजलासले जेठ २१ मा उनलाई सफाइ दिएको हो । 

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयबाट मानब बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ को उपदफा (१) को (ङ) (१) बमोजिम १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवानाको मागदाबी लिई अभियोगपत्र दायर भएको थियो । पीडितले दिएको किटानी जाहेरी दरखास्त, पीडितको स्पष्ट बयान, प्रतिवादीको साविती बयानलगायत गम्भीर प्रमाण भएपछि न्यायाधीश गौतमले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरे तर पछि पैसाको चलखेलपछि मुद्दाले अचानक नाटकीय मोड लिन थालेको बताइन्छ । प्रतिवादीको कानुन व्यवसायी खनाल थरका चर्चित वकिलले यस्तो खेला चलाइएको चर्चा अदालतमा छ । यिनै न्यायाधीश नवलपरासी जिल्ला अदालतमा हँुदा पनि काठ तस्करलाई यसरी नै छुटाएको आरोप लाग्ने गरेको छ । आजको जनआस्थाबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved