ओलीले टीकारामलाई बकमफुसे कुरा लिएर नआउन भनेपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 07:57:26 AM मा प्रकाशित

laxmi  sunrise bank

छलफल थियो, भरतपुर मतगणना विवादबारे । एमाले अध्यक्ष केपी ओलीले बालकोटस्थित आफ्नो निवासमा पार्टीसम्बद्ध वकिलसँग छलफल गर्दै थिए । बोलाइएका थिए, वकालत पृष्ठभूमिका संसदीय दलका उपनेता सुवास नेम्वाङसहित शम्भु थापा, अग्नि खरेल, गोविन्द बन्दीलगायत । तर, त्यहाँ खबर नगरिएका अर्का वकिल टीकाराम भट्टराई अकस्मात झुल्किँदा एकातिरको कुरा अर्कोतिर मोडियो । 

दुई साताअघि ओली नै रिसाउने गरी टीकाराम छिरेका थिए, प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको मुद्दाको प्रसंगमा । उनले पार्टीलाई फाइदा पुग्छ भनेर पराजुलीको प्रधानन्यायाधीश हुने बाटो रोक्नका लागि एउटा रिट दायर गर्न लगाएको कुरा सगर्व सुनाए । तर, खुसी होलान् भनिएका केपी ओलीले ठीक उल्टो प्रतिक्रिया दिए । ‘यस्ता बकमफुसे कुरा लिएर यहाँ आउने ?’ टीकारामले आफूले विकास गिरीलाई उक्त रिट दायर गर्न लगाएको तर माधव नेपालका मान्छेहरूले रिट निवेदक गिरीलाई नै भगाएको सुनाए । 

स्मरणीय के छ भने स्वयं टीकाराम आजकल माधव गुटका हुन् । यस्तो बनावटी कुरा सुनेपछि ओलीले उनलाई यस्ता कुरा लिएर आफूकहाँ नआउन भने । उता, रिट दायर गरेर तारेख बुझ्न नगएका र बेरितको रिट दायर गरेका कारण सर्वोच्चले गिरीको रिट दरपीठ गरिदिएको छ । आफूलाई टीकारामबाट धोका भयो भन्दै अहिले उनी बैंकक घुम्न पुगेका छन् । आजको जनआस्थाबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved