मधेसी नेतालाई आफ्नै श्रीमतीको विश्वास नलागेपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 08:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

अरू नेता चुनावको चटारोमा रहँदा मधेसका एउटा नेता भने घर बिक्री नहुँदा चिन्तामा छन् । राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई अहिले आफ्नै घर घाँडो भएको छ । निकटवर्तीसँग उनले गौरीघाटमा आफू बस्दै आएको घर डेराको भन्दै ढाँट्दै आएको भए पनि सो घर उनी सञ्चारमन्त्री भएपछि खरिद गरेका थिए ।

दुईतले उक्त घर अहिले उनलाई घाँडो हुनुको कारण हो त्यो घर उनको श्रीमतीको नाममा छ । घर मात्र होइन, गाडी पनि श्रीमतीको नाममा छ ।कुनै समय श्रीमतीकै कारण जोगी झैं हिँड्ने यादव अझै पनि श्रीमतीप्रति पूर्णतः विश्वस्त छैनन् । उनीनिकट सूत्रका अनुसार श्रीमतीले छाडेर गएको खण्डमा पार्टी त सिद्धिन्छ नै आफ्नो सर्वश्व नै सकिन्छ । त्यही कारण यादव सकभर छिटो श्रीमतीको नाममा रहेको गौरीघाटको उक्त घर बेचेर नयाँ खरिद गर्न चाहन्छन् र सिफ्ट हुन खोजिरहेका छन् ।

तर, भन्नेबित्तिकै खोजेको स्थानमा घर नभेट्दा र आफ्नो घर नबिक्दा यादव तनावमा छन् । उनी अहिले सो घर बेचेर उपत्यकाभित्रै सकेसम्म भक्तपुरतिर गतिलो स्थानमा घर खोजिरहेका छन् । उनले धेरैसँग भनसुन पनि गरिसकेका हुन् । तर, कतैबाट तार लागेको छैन । न त श्रीमतीको नाममा भएको घर नै बिक्छ  भनेजस्तो स्थानमा नभेटेका कारण छटपटीमा छन् ।  आजको जनआस्थाबाट


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved