कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुक ९ पुगे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 08:24:10 AM मा प्रकाशित

laxmi  sunrise bank

खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थपिएका हुन् । 

यसअघिसाउदी अरब, संयुक्त अरब इमिरटस् (यूएई), बहराइन, इजिप्ट, यमन, लिबिया र माल्दिभ्सले सम्बन्धविच्छेद भएको घोषणा गरको थिए । यस्तै, जोडर्न र जिबुटीले पनि कतारसँगको कूटनीतिक सम्बन्धलाई घटाएका छन् । कतारले आतंकवादी समूहलाई सहयोग गरको आरोप लगाउंदै ती मुलुकले सम्बन्धविच्छेद गरका हुन् । 

यसैबीच, रूसले साउदी अरब तथा उसका सहयोगी मुलुकहरूले कतारविरुद्ध गरको अवरोधले सिरियाको शान्तिप्रक्रियालाई थप कठिन बनाउने चेतावनी दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले खाडीको कूटनीतिक समस्याबार साउदी राजा सलमानसँग टेलिफोन वार्ता गरपछि क्रेमलिनले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

टर्कीका राष्ट्रपति रसेप तायिप इर्दोगानले पनि खाडी संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदसँग आग्रह गरका छन् । उनले कतारले टर्कीसँगै आतंकवादी संगठनविरुद्ध दृढ अडान राखेको पनि स्मरण गराएका छन् । यता साउदी राजा सलमानसँगको सोमबारको भेटमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले साउदीको सार्वभौमसत्ता र प्रादेशिक अखण्डताका पक्षमा पाकिस्तानी जनता र सरकारको समर्थन रहेको जनाएका छन्। - कान्तिपुर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved