अटेरी गर्नु त ओनसरीजस्तो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 08:39:52 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला अगाडी बढ्दा महिला नै बाधक बन्ने कुरा ‘पानी पधेँरा’ तिर हैन सिंहदरबारतिरै देखिन्छ । निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले घर जाने दिन मात्र आफूमाथिको महाअभियोग प्रस्तावबाट मुक्ति पाइन् । यसको कारक हुन्, सभामुख ओनसरी घर्ती मगर ।

एमालेले निरन्तर अवरोध गर्दै आएको संसदमा अवरोध नपुर्याउने उपायको खोजी गर्न गत साता तीन दलबीच छलफल चल्यो, सिंहदरबारमा । महाअभियोग फिर्ता लिनपर्यो भन्ने थियो एमालेको बटमलाइन । एमालेले प्रस्ताव राख्दा प्रचण्डले ‘ठीक छ’ भने । शेरबहादुरले ‘हुन्छ, हुन्छ, गर्ने नै हो भनेको त हो,’ भने । तर, सभामुखकहाँ पछि तीनै दलका नेता गए । 

दलबीच भएको सहमतिबारे जानकारी गराउन तीन दलकै नेता सभामुखकहाँ पुगे । प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको र त्यसअनुसार कारबाही अगाडी बढाउन दलका नेताले भनेपछि ओनसारीले जवाफ दिइन् के सहमति भयो, तपाईहरुको कुरो हो, म बुझ्छु । सुवास नेम्वाङले भने, राजनीतिक दलबीचको सहमतिअनुसार पो चल्नुपर्छ भन्या हो तपाईले बुझ्नुस् भन्नका लागि हामी आएका हौं र ?

सहमति यस्तो छ, यसलाई कार्यान्वयन गर्ने निकाय तपाई हो । कार्यान्वयन गर्नुस् भन्नलाई हामी आएको । यसपछि ओनसारी चुप लागिन् । जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved