१५ दिनपछि बीपी राजमार्ग पूर्ण सञ्चालनमा आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 08:40:51 AM मा प्रकाशित

laxmi  sunrise bank

धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ ।

गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बीपी राजमार्ग आयोजनाले जानकारी दिएको छ । भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले जानकारी दिए । ‘अब भित्तामा पर्खाल निर्माण गर्ने र सडक कालोपत्रे गर्ने काम मात्र बाँकी छ,’ उनले भने । हाल पहिरो गएको स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी आवतजावत भइरहेको छ ।

नियमित सडक अवरुद्ध भएपछि पूर्वी तराई तथा मध्यपहाडी जिल्ला आवतजावत गर्न असहज रहेको छ । यस राजमार्ग हुँदै दैनिक ५ हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । गत चैतमा आयोजनाले असारअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक सञ्चालनमा ल्याउने जानकारी दिएको थियो । ‘तर, काम गर्दै जाँदा १५ दिन ढिला भएको छ,’ निमित्त प्रमुख महर्जनले भने ।

आयोजनाले गत चैतभित्र नै भत्किएको ठाउँको सडक मर्मत तथा निर्माण गर्न निर्माण व्यवसायी छनोट गरी वैशाखदेखि निर्माण थालेको थियो । सामान्यता ३५ दिनको अवधि राखेर बोलपत्र आह्वान गर्नुपर्ने भए पनि छोटो बाटो अपनाएर आयोजनाले १५ दिनभित्र निर्माण सम्पन्न गर्न व्यवसायी छनोट गरेको थियो । ‘वर्षा सुरु हुनुअघि नै काम सम्पन्न नभएमा झन् समस्या बढ्न सक्ने भएकाले निर्माणलाई तीव्र गति दिइएको छ,’ निमित्त आयोजना प्रमुख महर्जनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved