चुनाव टिकट खोसिएपछि उम्मेदवारद्वारा आत्महत्या

रासस

रासस

Jun 16, 2017 | 08:05:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओबादी केन्द्रका पुर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेकाछन् । माओबादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।

श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए । श्रेष्ठलाई पार्टीले टिकट दिईसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उमेदावार सार्वजनिक गरिएको थियो।

उम्मेदवार भई भोट मागिरहेको अवस्थामा पार्टीले विना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उमेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिव स्रोतले जनाएको छ। परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताएपनि प्रहरीले भने कारण खुलाएको छैन्।

टिकटका बिषयमा नेकपा माओबादी केन्द्रका जिल्ला सहसंयोजक जीवन कार्कीले वडा कमिटीले खुल्ला सदस्यका लागि सिफारिस मात्र गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ’वडा कमिटीले ३÷४ जना साथीहरुको नाम शिफारिस गरेको थियो, त्यसमध्ये जिल्लाको छनौटमा उहाँ पर्नु भएन्।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीयले भने जाल्पा चिलाउनेमा माओबादी केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको नाम सार्वजानिक गरी मतदातालाई परिचय गराइएको थियो।तामाङ समुदायको जनसंख्या निकै रहेको उक्त वडामा माओबादी केन्द्रबाट तामाङ समुदायको उमेदवार नपरेपछि उक्त समुदायबाट निकै दवाव सृजना भएको थियो। एमालेले सोही वडामा वडाध्यक्ष पदमा धौरीका उपेन्द्र तामाङलाई उमेदवार बनाएपछि माओबादी भित्र तामाङ समुदायको निकै ठुलो दवाव रहको माओबादी स्रोतले बताएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved