एसईई नतिजा सार्वजनिक,सी, डी र ईलाई पुनर्परीक्षा

रासस

रासस

Jun 17, 2017 | 06:50:16 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं :  परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९एसईई० को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । पनिकाले यसपटक पनि विगतमा जस्तै एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गरेको हो । सबैभन्दा धेरै अंक ल्याउनेलाई ए प्लस र सबैभन्दा कम ल्याउनेलाई ई अर्थात् अति कमजोर (भेरी इन्सफिसेन्ट) गरी नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गरिएको छ ।

शिक्षा ऐन संशोधनसँगै एसएलसीबाट परिवर्तन भएर माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) नामकरण गरिएको कक्षा दशको परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ । गत चैतमा सम्पन्न परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ जना तथा आंशिकतर्फ १६ हजार पाँच सय ७२ जना सहभागी थिए ।

असारमा स्वीकृत भएको शिक्षा ऐनको आठौं संशोधनसँगै कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहमा समावेश गरिएपछि कक्षा १० को अन्त्यमा लिने परीक्षाको नाम एसईई राखिएको हो । ऐन संशोधन हुनुअघि १० सम्मलाई मात्र माध्यमिक शिक्षा मानिएको थियो र यसको अन्त्यमा लिइने परीक्षालाई एसएलसी भनिएको थियो । त्यतिखेर ११ र १२ कक्षालाई उच्च माध्यमिक तह मानिएको थियो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशन कार्यलाई सम्भव भएसम्म व्यवस्थित गरिएको बताउनुभयो ।

कुन विषयमा कति ए प्लस ?



नतिजाअनुसार यसपटक पनि गत वर्षजस्तै अनिवार्य गणित विषयमा सबैभन्दा धेरै विद्यार्थीले ए प्लस ल्याएका छन् । सामान्य बुझाइमा औसतमा नब्बेदेखि सय अंक ल्याउने विद्यार्थीलाई ए प्लस मान्ने गरिन्छ । विद्यार्थीलाई विषयगत रूपमा प्राप्तांकअनुसार छुट्टाछुट्टै ग्रेड प्रदान गरिने भएका कारण समग्र नतिजालाई भने यस पद्धतिमा लैजान सकिँदैन ।

गणितमा २८ हजार १३ जनाले ए प्लस ल्याएका छन् । दोस्रो धेरै ए प्लस अनिवार्य अंग्रेजीमा नौ हजार चार सय दस जनाले ल्याएका छन् । सबैभन्दा कमजोर विद्यार्थी पनि अंग्रेजीमै छन् । यस विषयमा ७७ हजार ६ सय ३७ जनाले डी ल्याएका छन् । सामान्य बुझाइमा ३० देखि ४० अंक ल्याउने विद्यार्थीलाई यो ग्रेड दिने गरिन्छ । अन्नपूर्णमा खबर छ । 


परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरे पनि परीक्षार्थीलाई ग्रेडसिट र प्रमाणपत्र भने परीक्षा बोर्डको नामबाटै ।

अनिवार्य विज्ञानमा सात हजार पाँच सय ४४ जनाले ए प्लस ल्याएका छन् । नेपालीमा एक सय ८१ जनाले मात्र ए प्लस ल्याएका छन् । अनिवार्य सामाजिक अध्ययन विषयमा तीन सय ९७ जनाले ए प्लस ल्याएका छन् । स्वास्थ्य, जनसंख्या तथा वातावरणमा चार हजार तीन सय ७० जनाले ए प्लस ल्याएका छन् । ऐच्छिक विषयको रूपमा रहेको १७ वटामा ए प्लस ल्याउने विद्यार्थी संख्या शून्य रह्यो । ती विषयमा पत्रकारिता, खाद्य विज्ञान, गृह विज्ञान, औद्योगिक विज्ञान, साहित्यलगायत छन् ।

परीक्षा बोर्डको नामबाट ग्रेडसिट र प्रमाणपत्र

शिक्षा ऐनको संशोधनले कक्षा नौदेखि बाह्रलाई माध्यमिक शिक्षा कायम गरेकाले माध्यमिक शिक्षाको परीक्षाको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट हुनुपर्ने व्यवस्था छ । तर, यसपटक बोर्डको संरचना पूर्ण नभएका कारण बोर्डबाट प्राप्त अधिकार प्रयोग गरेर पनिकाले नतिजा प्रकाशन गरेको हो । पनिकाले नतिजा सार्वजनिक गरे पनि परीक्षार्थीलाई ग्रेडसिट र प्रमाणपत्र भने परीक्षा बोर्डको नामबाटै प्रदान गरिने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षाको नतिजामा चित्त नबुझे विद्यार्थीले १५ दिनभित्रमा पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

अनिवार्य गणितमा सबैभन्दा धेरै २८ हजार १३ जनाको ए प्लस ९९०-१०० अंक
- अंग्रेजीमा ९ हजार ४ सय १० को ए प्लस, ७७ हजार ६ सय ३७ जनाको डी ९३०-४० अंक
- नेपालीमा १ सय ८१ जनाको मात्रै ए प्लस - १७ वटा ऐच्छिक विषयमा ए प्लस ल्याउने विद्यार्थी संख्या शून्य
- सैद्धान्तिक विषयमा सी, डी प्लस र ई ग्रेड प्राप्त गरेकालाई ग्रेडवृद्धि परीक्षाको अवसर
- १५ दिनभित्रमा पुनर्योगका लागि निवेदन दिन सकिने

सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका अर्थात सैद्धान्तिक विषयमा सी ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यसमध्ये परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । त्यसबाहेक मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले यस्तो परीक्षा दिन सक्नेछन् । यस्तो परीक्षा साउन १९ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिने पनिकाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved