३१ वर्षमा पनि प्रगति नगण्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 08:34:24 AM मा प्रकाशित

laxmi  sunrise bank

महाकाली करिडोर भनिने महेन्द्रनगरको ब्रह्ममदेवदेखि दार्चुलाको तिंकर जोड्ने सडकका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइएको छ । यो आयोजना बनाउने भन्दै काम थालेको ३१ वर्ष भइसकेको छ। २०७३ मै सक्ने लक्ष्य राखिएको आयोजनाको प्रगति नगण्य छ।

२०४२ सालमा उक्त आयोजना बनाउने पहल सुरु भएको हो। महाकाली नदीमै पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भनिएको पनि दुई दशक भइसकेको छ। न आयोजनाको काम अघि बढेको छ, न सडक नै बनेको छ।

यी दुई आयोजना अगाडि बढाउने विश्वसनीय खाका पनि छैन। विश्व बैंकले हाल सार्वजनिक गरेको आगामी १३ वर्षको अवस्थाबारे एक प्रतिवेदनअनुसार लामो समयदेखि सडकको बजेट राखेर पनि काम नभएका आयोजना हो, महाकाली करिडोर। विश्व बैंकले राष्ट्रिय योजना आयोगको तथ्यांक लिएर यस्ता आयोजना निर्माणको अवस्था सार्वजनिक गरेको कान्तिपुरमा खबर  छ।

‘नेपालको आयोजना छनोट, त्यसका लागि आवश्यक बजेट, निर्माणको चरणमा गर्नुपर्ने काम र मूल्यांकनमा समस्या छ’, क्लाइम्बिङ हाइएर स् टुवार्ड मिडिल इन्कम नेपाल नामक प्रतिवेदनमा भनिएको छ, ‘नेपालजस्तै अन्य विकासोन्मुख मुलुकहरूको तुलनामा यो कमजोर हो।’ सडक आयोजना बन्न औसत १२ वर्ष लाग्ने एक अध्ययनले देखाएको छ। सिँचाइ आयोजनाको निर्माण पनि सन्तोषजनक छैन।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ १४ वर्षदेखि निर्माणाधीन छ। ०७७ मा सक्ने सरकारी लक्ष्य छ। लामो समय भारत र विश्व बैंकसँग पहल गर्दा पनि नबनेपछि आयोजना नेपाल आफैंले बनाउन लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved