एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड,यस कारण कमजोर भयो नतिजा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 09:00:12 AM मा प्रकाशित

laxmi  sunrise bank

०७३ को एसइईमा २० विषयमा कुनै पनि परीक्षार्थीले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । ५३ विषयमा सञ्चालित परीक्षामा १९ ऐच्छिक र एक अनिवार्य विषयमा कसैले पनि ए प्लस ल्याएनन् । 

९० र त्यसभन्दा माथिको प्राप्तांकलाई ए प्लस ग्रेड निर्धारण गरिएको छ । जसको ग्रेड प्वाइन्ट ४.० निर्धारण गरिएको छ । नौवटा ग्रेडमध्ये शून्यदेखि २० सम्मको प्राप्तांकलाई ई ग्रेड निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार संंस्कृततर्फको अनिवार्य विषय फलित ज्योतिषमा कसैको पनि ए प्लस ग्रेड आएको छैन ।

ए+ नआएका विषय

इलेक्टिभ इंग्लिस, फलित ज्योतिष, तिम्बेतन, मैथिली, नेवारी, संस्कृत (ऐच्छिक), सामवेद, इतिहास, साहित्य, न्याय, भोट ल्यांग्वेज, वेद, आयुर्वेदमा कसैको पनि ए प्लस ग्रेड आएको छैन । त्यसैगरी, बुद्धिस्ट एजुकेसन, होम साइन्स, इन्ड्रस्ट्रियल एजुकेसन, फुड साइन्स, निडल वर्क, पत्रकारिता र तर्क संगत विषयमा पनि कुनै विद्यार्थीको ए प्लस ग्रेड आएको छैन ।


यस कारण कमजोर भयो नतिजा 

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले विद्यालयलाई नपढाए पनि पास हुन्छन् भन्ने मनोविज्ञान रहेकाले नतिजा कमजोर भएको बताए । उनले अर्को प्रमुख कारणमा विद्यार्थीको निरन्तर मूल्यांकन नहुनु बताए । यस्तै, अवस्था रहे ठूलो दुर्घटना निम्त्याउने उनको भनाइ छ ।


ई ग्रेड सबैभन्दा धेरै गणितमा, त्यसपछि अंग्रेजी र विज्ञानमा

यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी एक लाख ५० हजार नौ सय विद्यार्थीले अनिवार्य गणितमा सबैभन्दा कमजोर ग्रेड ‘ई’ ल्याएका छन् । पाठ्यक्रम विकास केन्द्रले शून्यदेखि २० नम्बर ल्याउनेलाई ई ग्रेडमा राखेको छ । गणितमा डी ग्रेड ल्याउनेको संख्या ५६ हजार ११० छ । सबैभन्दा बढी २८ हजार १३ विद्यार्थीले ए प्लस पनि गणितमै ल्याएका छन् । विज्ञानमा एक लाख १० हजार ७११ जनाको ई ग्रेड छ भने ८४ हजार ८० जनाको डी ग्रेड छ । अंग्रेजीमा पनि डी र ई ग्रेड ल्याउनेको संख्या धेरै छ । अंग्रेजीमा ७१ हजार ३९२ ले ई र ७७ हजार ६३७ ले डी ग्रेड ल्याएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

गत चैतमा भएको साधारण धारका नियमिततर्फ एसइईमा चार लाख ६२ हजार १३६ विद्यार्थी सहभागी थिए । सो परीक्षामा ३.६५ देखि ४ सम्म १२ हजार २८४, जिपिए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, जिपिए २.४५ देखि २.८० सम्म ल्याउने ६१ हजार ९५५ विद्यार्थी छन् । जिपिए २.५ देखि २.४० सम्म ल्याउने ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म १ लाख ८ हजार ४६४, जिपिए १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५७७, ०.८५ देखि १.२० सम्म ११ हजार २८५, जिपिए ०.०० देखि ०.८० सम्म ल्याउने विद्यार्थी १५ छन् ।


ऐच्छिक गणितमा साढे २६ हजार ए+

एसइईका ऐच्छिक विषयमध्ये सबैभन्दा बढी ए प्लस गणित विषयमा आएको छ । गणितमा २६ हजार ६ सय १२ विद्यार्थीको ए प्लस ग्रेड आएको छ । सो विषयमा ए ग्रेड ल्याउने १९ हजार सात सय ७६ विद्यार्थी छन् । गणितमा सबैभन्दा तल्लो ग्रेड ‘ई’ ल्याउने विद्यार्थी संख्या ११ हजार तीन सय ८९ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved