कांग्रेस र एमालेबाट टिकट नपाएका प्रतिनिधि बागी उम्मेदवारको रुपमा खडा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:09:22 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणको स्थानीयचुनावअन्तर्गत विराटनगरकाविभिन्न वडामा मुख्यदल कांग्रेस र एमालेबाट टिकट नपाएका प्रतिनिधि बागी उम्मेदवारको रुपमा खडा भएका छन्।

वडा नम्बर १० मा पार्टीका सबैभन्दा धेरै बागी उम्मेदवार खडा भएका छन्। एमालेले सर्वसम्मत रुपमा वडा अध्यक्षमा सिफारिस गरेर पठाएका माधवराज वाग्लेको ठाउँमा अर्जुन गिरीलाई उठाइएपछि वाग्लेले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। वाग्लेले भने,‘सर्वसम्म रुपमा सिफारिस गर्दा पनि मलाई हटाइएपछि जित्नकै लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ।’

त्यही वडामा कांग्रेसका राजेश मास्केले पनि वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त टोल नगर संगठनमा काम गरेर निकै लोकप्रिय बनेका मास्केलाई काँग्रेसले टिकट भने दिएन। उनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

वडा नम्बर १० मा काँग्रेसका अमलेश कर्णको पनि वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ। वडा नम्बर १२ को वडाअध्यक्षमा काँग्रेसका भीमबहादुर केसीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन्।

वडा नम्बर ७ मा काँग्रेसका कल्याण लामिछानेले सदस्य पदमा र वडा नम्बर ८ मा एमालेका खगेन्द्र पोखरेलले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले टिकट नदिएका उम्मेदवारहरु पनि निकै तामझामका साथ मनोनयनदर्ता गर्न पुगेका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved