‘बहिष्कारवादी’ कै उम्मेदवारी

रासस

रासस

Jun 19, 2017 | 07:24:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालगन्ज- स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ। फरक–फरक परिस्थितिले उनीहरूलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाएको छ। निर्वाचन बहिष्कारको नीति अँगालेका पार्टीका कार्यकर्तादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन

कपिलवस्तु नगरपालिकामा राजपा नेता रामदास गुप्ताले स्वतन्त्र उम्मेदवारी दिए। उनी दुईपटकका पूर्वमेयर हुन् । पार्टीले चुनावमा भाग नलिने नीति बनाए पनि चुनावमा जानुपर्छ भन्ने जनताको भावना कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । ‘जसरी पनि निर्वाचन हुन्छ भन्ने संकेत देखिएपछि कार्यकर्ताको भावनाको कदर गर्दै उम्मेदवारी दिएको हुँ ।’ समर्थकले चुनवमा भाग नलिए तपाईंको घरमा कहिल्यै आउँदैनौ भन्नेसम्मको धम्की दिएको उनले बताए । 

स्रोतका अनुसार जिल्लामा चुनावी सरगर्मी बढ्दै गएपछि राजपा कार्यकर्ताले सांसद बृजेशकुमार गुप्तालाई निर्वाचनमा भाग लिन दबाब दिएका थिए । सोहीअनुसार ७४ वर्षीय गुप्ताले मेयरमा उम्मेदवारी दिए ।

राजपा कार्यकर्ताले कपिलवस्तुका ६ नगरपालिका र चार गाउँपालिकामध्ये अधिकांशमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको  छ । राजपा कार्यकर्ताले नगरपालिकाका १२ वटै वडामा उम्मेदवारी दिएका छन् । राजपाका तर्पmबाट यशोधरा गाउँपालिका प्रमुखमा रामदास कलबार र उपप्रमुखमा राकेकले उम्मेदवारी दिएका छन् ।

चुनावविरोधी गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अमित घर्तीले रोप्पाको थबाङ गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका छन् । थबाङ नेकपाको सबैभन्दा बलियो प्रभाव क्षेत्र मानिन्छ । पाल्पाको माथागढी र रम्भा गाउँपालिकामा पनि नेकपा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कपिलवस्तु, रूपन्देही र बाँकेमा राजपाका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरूले जित्नसक्ने सम्भावित ठाउँमा उम्मेदवारी दिएका हुन् । राजपा केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ता भने यसबारे अनभिज्ञता दर्साउँछन् । ‘यही अवस्थाबीच चुनावमा भाग नलिने हाम्रो पार्टीको लाइन हो, कहाँ कसले स्वतन्त्र उम्मेदवारी दिए हामीलाई जानकारी छैन,’ उनले भने, ‘समस्या जहाँको तहीं छ, अनि कसरी चुनाव हुन्छ ?’

रूपन्देहीको दक्षिणी क्षेत्रमा पनि राजपा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उक्त क्षेत्र राजपाको पकड मानिन्छ ।  मर्चबारमा पर्ने सम्मरीमाई, कोटहीमाई र मर्चबारीमाई गाउँपालिकामा राजपाको तर्पmबाट स्वतन्त्र उम्मेदवारी परेको छ । गत संविधानसभा निर्वाचनमा सर्वेन्द्रनाथ शुक्ला सोही क्षेत्रबाट सभासद् निर्वाचित भएका थिए । तीनै गाउँपालिकाको ३७ वटै वडामा उम्मेदवारी परेको राजपाका एक जिल्ला नेताले बताए । सम्मरीमाई गाउँपालिका प्रमुख र उपप्रमुखमा अशोककुमार शुक्ला र कमालुद्दिन सेख, मर्चबारीमाई गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राजकुमार सिंह र जानकीप्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको प्रमुखमा बालकिशुन तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । उक्त गाउँपालिकामा उपप्रमुख उम्मेदवारको नाम खुलेको छैन । स्रोतका अनुसार उम्मेदवारी दर्ता गराउनेहरू राजपा केन्द्रीय नेता शुक्लाका नजिकका हुन् ।

सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उम्मेदवार को कुन पार्टीका हुन् भन्नेबारे जानकारी नभएको बताए ।

असन्तुष्ट बागी

दाङको लमही नगरपालिकामा कांग्रेसका उम्मेदवार जोगराज चौधरी साबिक चैलाही गाविस पूर्वअध्यक्ष हुन्। कांग्रेस नेता खुमबहादुर खड्काको गृहनगर लमहीमा खड्का निकट चौधरीले फेरि टिकट हत्याए । तर, खड्काकै भतिजा डिल्लीबहादुर खड्का बागी बनेर उभिए । ‘हामी लामो समयसम्म कांग्रेसको राजनीतिमा लागेर काम ग¥यौं,’ डिल्लीबहादुरले भने, ‘तर कांग्रेस जनताको नभई व्यक्तिको मुठीभित्र रहिरह्यो, यसको खिलापमा म उभिएको हुँ ।’

लमहीमा मेयरमा मात्रै हैन, उपमेयरमा समेत बागी उठेका छन् । एमालेका निमबहादुर थापा आधिकारिकविरुद्ध बागी उठेका छन् । खड्का र थापाले चुनावी अभियान संयुक्त रूपमा अघि बढाउने बताएका छन् ।

दाङमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै बग्रेल्ती बागी उम्मेदवार खडा भएका छन् । टिकट वितरणमा व्यक्ति हाबी भएका र आर्थिक चलखेल भएको उनीहरूको आरोप छ । उपमहानगरपालिकादेखि वडा तहसम्मै बागी उम्मेदवार खडा भएका छन् । घोराही उपमहानगरपालिकाको उपमेयरमा ठाकुर महराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाको वडा तहमा धेरै स्वतन्त्र उम्मेदवार छन् ।

कतिपय गाउँपालिकामा आफ्नो छुट्टै समूह निर्माण गरेरै बागी उम्मेदवार खडा भएका छन् । बबई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षसँगै वडा तहमा स्वतन्त्र उम्मेदवार उठेका छन् । कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध अध्यक्षमा टेकबहादुर ओली र उपाध्यक्षमा टेकबहादुर भण्डारी बागी बनेका छन् । वडा नम्बर २, ६ र ७ मा विभिन्न दलका बागी उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । शान्तिनगर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका हेमन्त योगी र तारा वली स्वतन्त्र लडेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा कांग्रेसबाट टिकट नपाएपछि जमसेल अली मिया र महाराजगन्ज नगरपालिमा दीर्घनारयण पाण्डेय प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दोस्रोपटक बागी

२०५४ को स्थानीय निर्वाचनमा तत्कालीन गढवा गाविसमा अध्यक्षका दाबेदार कांग्रेसका डिल्ली आचार्यले टिकट पाएनन् । उनी आधिकारिक उम्मेदवार घनश्याम चौधरीविरुद्ध ‘बागी’ उठे । चुनावमा चौधरीभन्दा तेब्बर मत ल्याएर आचार्य गाविस अध्यक्ष बने । यसपटक पनि उनी गढवा गाउँपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहेका थिए । टिकट भने धनश्यामका भाइ श्रीपतले पाए । त्यसैले उनी फेरि बागी उम्मेदवार बनेका छन् । ‘टिकट एकै परिवारमा घुमिरह्यो,’ उनले नागरिकसँग भने, ‘यसविरुद्ध म स्वतन्त्र उम्मेदवार बनेर प्रस्तुत भएको छु ।’ उनले गाउँपालिकाका तीन वडामा आपूmनिकटलाई बागी उठाएको बताए ।  नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved