देउवालाई ८–१२ को दशा ! कालो बोको ढालेर बालुवाटार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योतिष विज्ञानमा विश्वास राख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा ज्योतिषकै सल्लाह अनुसार बुढानिलकण्ठबाट बालुवाटार सरेका छैनन् । राहु अष्टम पदमा रहँदा नयाँ ठाउँमा सर्नु अशुभ हुने ज्यातिषीले बताएपछि देउवा बुढानिलकण्ठमै अड्किएको चर्चा छ । सोमखेती बुध घर भनिए पनि उनी साइत अनुसार २०७४ असार ५ गते बालुवाटार दरवारमा कालो बोको ढालेर सर्दैछन् ।

ज्योतिषको सल्लाहअनुसार देउवाको गतिविध सञ्चालन गरे पनि अनिष्ठ र अशुभ घटनाहरुले पछ्याउन छोडेको छैन । ज्योतिष विज्ञानले अशुभ मान्ने ८–१२ अंकमा देउवाले ध्यान नदिएर मन्त्रीपरिषद् गठन गरेकोले अशुभ घटना घटिरहेको त होइनन् ? देउवाले विस्तार गरेको ८ सदस्यीय मन्त्रीपरिषद्तिर देखाएर घटित पछिल्ला घटनाहरुको चर्चा हुन थालेको छ ।

स्रोतका अनुसार देउवाकाृ मन्त्रीपरिषद् ८ सदस्यीय भएकै कारण देशमा अनेक अनिष्टका घटना भएको भन्दै देउवालाई ८ र १२ अंकमा मन्त्रीपरिषद् संख्या नरहने गरि विस्तार गर्न सुझाव आइरहेको छ । तर, पार्टीभित्रको सत्ता सन्तुलनको कारण देउवा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

देउवाको मन्त्रीपरिषद्मा हाल कष्णबहादुर महरा, गोपालमान श्रेष्ठ, विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, जनार्दन शर्मा र प्रभु शाह छन् । संयोग नै मान्नुपर्छ देउवा प्रधानमन्त्री भएपछि दलहरुबिचको झगडा झनै बढ्दै गएको छ । सबै तहमा निर्वाचन नहुने भएको छ, संवैधानिक पदहरुको नियुक्ती मात्रै होइन, सवारी दुर्घटना, आगलागीका घटनापनि बढेका छन् । आगलागिबाट ४७ राष्ट्रिय जनावर गाई मरेको घटनासँग प्रधानमन्त्री देउवाको कुनै सम्बन्ध नभए पनि अन्धविश्वासमा विश्वास राख्नेहरुले देउवा मन्त्रीपरिषद्को संख्या ८ भएकै कारण यस्ता अनेक अनिष्टकारी घटनाहरु हुने गरेको भन्दै तत्काल ८–१२ बाट जोगिन सुझाव दिएको खबर छ । साँघु साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved