त्रिभुवन विमानस्थल सफा बनाउन एनआरएनएले गर्यो सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:53:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ । विमानस्थल सफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबीच शुक्रबार सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल गैरआवासीय नेपाली संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ । एक महिने यस सरसफाइ अभियानको औपचारिक सुरुवात जुलाई २९ मा हुनेछ ।

आपसी सहमतिमा समय थप गर्न सकिने यस अभियानको समापन पनि औपचारिक कार्यक्रम गरी प्राधिकरण व्यवस्थापनलाई हस्तान्तरण गरेर हुने भट्टले जानकारी दिए ।

नेपाल आउने पर्यटकलाई भ्रमणको सुरुमा नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको फोहोरले नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले पनि गैरआवासीय नेपाली संघले विमानस्थल सरसफाइमा विशेष ध्यान दिएको एनआरएनए उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भट्टले बताए ।

सहमतिपत्रअनुसार अन्तराष्ट्रिय विमानस्थलको सरसफाइका लागि संघले अष्टे«लियास्थित खेम्स क्लिनिङका दक्ष प्रशिक्षक, जनशक्ति तथा प्राविधिकसहितको टोली खटाउनेछ ।

यस्तै, नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सरसफाइसम्बन्धी सामग्री व्यवस्थापन तथा परिचालनका लागि ठेक्का सञ्चालकसँग समन्वय गर्नेछ । विमानस्थल संवेदनशील क्षेत्र भएकाले नेपाल प्रहरीसँग समन्वय गरी रात्रीकालिन सरसफाइको बेला सुरक्षाको प्रबन्ध गर्ने पनि सहमति भएको छ ।

यस अभियानको लागि आवश्यक प्रविधि तथा पारिश्रमिकको व्यवस्थापन संघले गर्नेछ भने अभियान संयोजकको रूपमा खेम शर्मालाई तोकिएको छ । साथै समग्र अभियानको पर्यवेक्षण त्रिभुवन विमानस्थलका तर्फबाट सिभिल इन्जिनियरिङ महाशाखा प्रमुख तथा गैरआवासीय नेपाली संघको तर्फबाट अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भट्टले संयुक्त रूपमा गर्ने सहमति भएको छ ।

सहमतिपत्रअनुसार सरसफाइका लागि हाल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ मजदुर मध्येबाट ३५ वर्षमुनिका १५ जनालाई एनआरएनएको सहतिमा खटाइनेछ भने प्रशिक्षकको रूपमा ४ जना खेम्स क्लिनिङका प्रशिक्षक स्वयंसेी पनि खटाइनेछ ।

नेपालको प्रवेशद्वार सरसफाइ राख्न सके नेपाल आउने पर्यटकले राम्रो सन्देश लिएर आफ्नो देश फर्कने हुँदा यसबाट पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उपाध्यक्ष भट्टको विश्वास छ । कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved