सबै शीर्ष नेता निर्वाचनमा, को कुन जिल्ला खटिए ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 21, 2017 | 08:52:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 ‘सबै शीर्ष नेता निर्वाचनमा, को कुन जिल्ला खटिए ?’

कांग्रेस –

-प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर

– रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने

-महामन्त्री शशांक कोइराला अमेरिकातिर

-कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त

-अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल

– प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै

महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता

-भीमसेनदास प्रधान ताप्लेजुङ

-अर्जुनप्रसाद जोशी पाँचथर

-श्यामकुमार घिमिरे इलाम

-डा. रामशरण महत झापा

-प्रकाशमान सिंह-जीवन परियार संखुवासभा

-जगदीश्वरनरसिंह केसी तेह्रथुम

-बहादुरसिंह लामा तामाङ भोजपुर

-मोहनबहादुर बस्नेत धनकुटा

-विमलेन्द्र निधि मोरङ

-अर्जुननरसिंह केसी सुनसरी

-यज्ञबहादुर थापा सोलुखुम्बु

-राजेन्द्रकुमार केसी खोटाङ

-प्रकाश शर्मा पौडेल ओखलढुंगा

-तेजुलाल चौधरी उदयपुर

-चन्द्रबहादुर कुँवर गुल्मी

-ध्रुव वाग्ले पाल्पा

-कमला पन्त अर्घाखाँची

-रोमी गौचन थकाली-रञ्जित कर्ण नवलपरासी

-महेन्द्र यादव-शंकर भण्डारी रुपन्देही

-धनराज गुरुङ-रामकृष्ण यादव कपिलवस्तु

-गोविन्द भट्टराई रुकुम

-उदयशमशेर राणा रोल्पा

-रामचन्द्र पोखरेल-खड्गबहादुर बस्याल प्युठान

-सुरेन्द्रराज पाण्डे दाङ

-हृदयराम थानी बाँके

-चित्रलेखा यादव-उमाकान्त चौधरी-रेशमबहादुर बानियाँ बर्दिया

-इन्द्र बानियाँ बाजुरा

-मोहनप्रसाद बराल अछाम

-प्रदीप पौडेल बझाङ

-चन्द्र महर्जन डोटी

-रत्न शेरचन कैलाली

-गगनकुमार थापा दार्चुला

-तप्तबहादुर विष्ट बैतडी

-शेषनाथ अधिकारी डडेल्धुरा

-जीवनबहादुर शाही कञ्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

एमालेको प्रचारमा शीर्ष नेता : ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त

तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ ।

एमाले नेता को–कहाँ ?

-अध्यक्ष केपी ओली झापा

-झलनाथ खनाल-सुवास नेम्वाङ इलाम

-माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम

-उपाध्यक्ष वामदेव गौतम प्युठान

-उपाध्यक्ष युवराज ज्ञवाली दाङ

-उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला

-महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी

-उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश

-उपमहासचिव घनश्याम भुसाल-छविलाल विश्वकर्मा रूपन्देही

-सचिवद्वय प्रदीप ज्ञवाली-गोकर्ण विष्ट गुल्मी

-सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा

-सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी

-सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ

-शंकर पोखरेल दाङ

माओवादी नेता को–कहाँ ?

-प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ

-कृष्णबहादुर महरा दाङ

-देव गुरुङ बाग्लुङ र रुकुम

-वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा

-गिरिराजमणि पोखरेल मोरङ

-टोपबहादुर रायमाझी अर्घाखाँची

-राम कार्की ओखलढुंगा, सोलु र झापा

-शक्ति बस्नेत बाँके र बर्दिया

-गोपाल किराती प्रदेश नम्बर १

-लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७

-मणि थापा प्युठान

-चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु

रोल्पाका सबै तहमा केन्द्रीय नेता

माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

राप्रपाका को कहाँ ?

-दीपक बोहरा रुपन्देही,

-राजेन्द्र लिङ्देन झापा

-जयन्त चन्द प्रदेश नं. ७,

-सुनीलबहादुर थापा धनकुटा

नयाँ शक्तिका कमान्डर

-डा. बाबुराम भट्टराई प्रदेश नं. १

-देवेन्द्र पौडेल प्रदेश नं. ५

-हिसिला यमी प्रदेश नं. ७

लोकतान्त्रिक फोरमका कमान्डर

नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं. १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं. ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं. ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए । नयाँपत्रिकामा खबर छ ।

(रमेश सापकोटा, रामकृष्ण अधिकारी र मधुसुधन भट्टराईको रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved