१९८ तह जित्ने कांग्रेसको दाबी, २०० तह जितेर पहिलो बन्ने एमालेको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 07:34:51 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ । नेता विमलेन्द्र निधिले ५८५ भन्दा बढी तहमा जित्ने दाबी गरे ।

कांग्रेसको आँकलन

प्रदेश नम्बर १

झापामा बहुमत तहमा जित्ने, मोरङ र सुनसरीमा पहिलो पार्टी बन्ने ।

प्रदेश नं। ५

बुटवल, घोराही, तुल्सीपुर र नेपालगन्ज उपमहानगर जित्ने, नवलपरासीका सुनवल र रामग्राम, रुपन्देहीका तिलोत्तमा र सिद्धार्थनगर, दाङको लमहीसहित बहुमत स्थानीय तहमा जित्ने, कपिलवस्तु, बाँके, बर्दियामा पनि पहिलो शक्ति ।

प्रदेश नं। ७

कांग्रेसको गढ भएकाले स्पष्ट बहुमत आउने ।

पहिलो हुने अनुमान छ, ५८५भन्दा बढी तहमा जितेर पहिलो चरणको घाटा पूर्ति गर्छौँ ।

विमलेन्द्र निधि,

नेता, कांग्रेस

२०० तह जितेर पहिलो बन्ने एमालेको लक्ष्य

पहिलो चरणको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने उसको दाबी छ । प्रदेश नम्बर १ का १३७ तहमध्ये विराटनगर महानगरपालिकासहित दुईतिहाइ तहमा जित्ने एमालेको दाबी छ । त्यस्तै, प्रदेश नम्बर ५ का १०९ तहमध्ये ६५ देखि ७० मा र प्रदेश नं। ७ का ८८ तहमध्ये कम्तीमा ६०५ स्थानीय तह जित्ने एमालेको आँकलन छ ।

प्रदेश नम्बर १ मा २ तिहाई

प्रदेश नम्बर १ का १ सय ३७ स्थानीय तहमध्ये एमालेले महानगर, उपमहानगरसहित २ तिहाई जित्ने दावी गरेको छ । ९२ भन्दा बढी सिट जित्ने आँकलन गरिएको आचार्यले जनाए । १४ जिल्लामध्ये धेरै जिल्लामा कांग्रेस र माओवादी केन्द्र तथा कतिपय जिल्लामा फोरम र राप्रपाको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा रहेको छ । ‘धनकुटा र भोजपुरमा त एमालेविरुद्ध चार(पाँच पार्टी मिलेर गठबन्धन बनाएका छन् । तर हामी त्यस्तो अप्राकृतिक गठबन्धनलाई पराजित गरेर आश्चर्यचकित पार्नेगरी २ तिहाई सिट जित्दैछौं’, प्रदेश नम्बर १ का संयोजक समेत रहेका आचार्यले भने ।

अधिकांश जिल्लामा एमाले एक्लै भीड्दै

तेह्थुम, ताप्लेजुङ, इलाम, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखम्बु, ओखलढुंगा, भोजपुर, र धनकुटासहित जिल्लाका स्थानीयतहमा कांग्रेस र माओवादी केन्द्रको तालमेल छ । भोजपुर र धनकुटामा फोरम र राप्रपाका साथै संघीय लिम्बुवान पार्टी कांग्रेस–माओवादी केन्द्रले बनाएको गठबन्धनमा सामेल छन् । अधिकांश जिल्लामा गठबन्धनसँग प्रतिस्पर्धामा रहेको एमालेले बिराटनगर महानगरपालिकामा भने लोकतान्त्रिक फोरमसँग तालमेल गरेको छ ।

५ नम्बरमा ६५ प्रतिशत जित्ने दावी

एमालेले प्रदेश नम्बर ५ का १ सय ९ स्थानीय तहमध्ये ६५देखि ७० तहमा जित्ने प्रारम्भिक आँकलन गरेको छ । ‘हामी कम्तीमा ६० देखि ६५ प्रतिशतसम्म प्रमुख, उपप्रमुख जित्छौं’ केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने । प्रदेश नं। ५ का १२ मध्ये १० जिल्लामा पहिलो हुने प्रारम्भिक आँकलन एमालेको छ । रुपन्देही, कपिलबस्तु, गुल्मी, अर्घखाँची, नवलपरासी, दाङ, बाँके, बर्दिया र पाल्पालगायतका जिल्ला बहुमत जित्ने सूचीमा छन् । रोल्पा र रुकुममा भने जित्ने सम्भावना कम रहेको एमालेको मुल्याङ्कन छ ।

तीन उपमहानगर जित्ने सूचीमा

एमालेले ४ उपमहानगरपालिकामध्ये बुटवल, तुल्सीपुर र घोराही जित्ने सूचीमा राखेको छ । बुटवलमा कांग्रेस–माओवादी केन्द्रले गठबन्धन बनाएका छन् भने एमाले एक्लै मैदानमा छ । नेपालगञ्जलाई भने जित्ने सम्भावना भएको सूचीमा राखेको छ ।

प्रदेश नं। ७ मा ६० प्रतिशत जित्ने दावी

प्रदेश नं। ७ का ८८ तह मध्ये कम्तिमा ६० प्रतिशत जित्ने दावी गरेको छ । ‘हामीले मात्र भनेको होइन, विभिन्न संघ–संस्थाले पनि एमालेले ६० प्रतिशत र बाँकी अरुले जित्ने सर्भेक्षण नतिजा सार्वजनिक गरिहेको छन’ केन्द्रीय सदस्य झपट रावलले भने, ‘विगत निर्वाचनको तुलनामा धेरै राम्रो परिणाम आउनेगरी पार्टीको अबस्था मजबुद बन्दै गएको छ ।’

धनगढी उपमहानगर पनि जित्ने सूचीमा

विगतमा तुलनात्मक रुपमा कमजोर मानिने धनगढी उपमहानगरपालिकालाई एमालेले जितको सूचीमा राखेको छ । कैलाली, अछाम, बझाङ, बाजुरा, डोटीमा बहुमत सिट जित्ने तथा कञ्चनपुर र दार्चुलामा पनि पहिलो बन्न सकिने एमालेको आन्तरिक मूल्यांकन छ । माओवादी केन्द्र र राप्रपाबाट केन्द्रीय नेताहरु नै एमाले प्रवेश गरेकाले पनि अबस्था सुदृढ बन्दै गएको रावलको दाबी छ ।

एमाले आँकलन

प्रदेश नम्बर १

स्थानीय तह स् १३७, दाबी ९०–९५

प्रदेश नम्बर ५

स्थानीय तह स् १०९, दाबी स् ६५–७०

प्रदेश नम्बर ७

स्थानीय तह स् ८८, दाबी स् ४८–५५

६० प्रतिशतभन्दा बढी स्थान जित्ने लक्ष्य छ, सबै चरणको नतिजा आउँदा एमाले पहिलो दल बन्छ ।

भीम आचार्य,

सचिव, एमाले

नयाँ पत्रिकामा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved