ब्ल्याङ्केटले जोगायो ज्यान

रासस

रासस

Jun 24, 2017 | 08:17:51 AM मा प्रकाशित

laxmi  sunrise bank

२७ वर्षीय रामकुमार लामा काठमाडौंबाट ट्रक चलाएर नारायणगढ आउँदै थिए । बिहीबार राति ११ बजे उनी मुग्लिन आए । कालीखोला र चार किलो भन्ने स्थानमा पहिरोले बाटो बन्द भएपछि उनले कालीखोला छेउमा ट्रक रोके । विराटनगरबाट काठमाडौं मकै र्पुयाएर मनोहरी फर्कंदै थिए । उनीसँगै ट्रकमा खलासीको काम गर्ने उनका भतिजा पनि थिए । १८ वर्षीय सानु ब्लोन ट्रकमा सुतिरहेका थिए। ट्रक रोकेको स्थानमा विस्तारै ढुंगा झर्न थालेपछि खतरा होला भन्दै उठाउन खोज्दा भतिजाले मानेनन् । ट्रक रोकेको करिब ५ सय मिटरअघि कालीखोलामा अलपत्र परेका यात्रु देखेपछि त्यतै लागे । त्यसको केहीबेरमा उनको ट्रक पहिरोले बगाए पनि उनलाई भने पत्तो भएन । पहिरो हल्का झर्दै थियो, गाडी कटाउन नमिलेपछि गाडी त्यहीँ रोक्यौुं  रामकुमारले भने, 'प्रहरीको भ्यान मुग्लिन जानलाई ढुंगा पन्छाउँदै अगाडि बढ्दै थियो, कुरा गर्दा गर्दै एकछिनमा र्सयाङ र्सयाङ र्गयो ।

अरूले भने, पहिरोले पुलिसको गाडी सोरेछ ।' राति १ बजे पहिरो खसेको हो । पहिरोले आफ्नो ट्रक लगेको रामकुमारलाई थाहा थिएन । ट्रकसँगै उनको भतिजा सानु ब्लोन पनि परेका थिए । सडकमा रहेको ना।५ख १८२७ नम्बरको ट्रक पहिराले १ सय ३५ मिटर तल झारेको थियो । भीरमा खसेको प्रहरीको गाडी खोज्दा १२ चक्के ट्रक देखे पनि मेरो हो भन्ने लागेनु, उनले भने । दुई घन्टापछि मात्रै उनले आफ्नो ट्रक खसेको थाहा पाए । ट्रकभित्र सुतेका उनका भतिजा पहिरोमा परे पनि उनी बाँच्न सफल भएका छन् । सानु ब्लोनले आफूसँगै काका भएको खबर खोजी कार्यमा खटिएका प्रहरीको टोलीलाई भनेका थिए । उनी भरमा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । ब्लोनले दिएको मोबाइलमा सम्पर्क हुँदा मात्रै रामबहादुरले आफ्नो ट्रक खसेको भन्ने थाहा पाएको बताए । 'ट्रकभित्रको ब्ल्याङकेटले छोपेर भतिजाको ज्यान जोगायो, ब्ल्याङकेट नभएको भए ब्याट्रीले थिच्ने रहेछु, रामकुमारले भने, 'म पनि त्यही भएको भए काका भतिजोको एकै चिहान हुने रैछ, हामी भाग्यले बाँचेका हौं ।' सानुको दाहिने खुट्टा र दाहिने आँखाभन्दा माथि चोट लागेको छ । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी खतरामुक्त भएको चिकित्सकले बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved