दोस्रो चरणको स्थानीय तह निर्वाचन लगत्तै प्रधानमन्त्री भारत जाने, यस्तो छ तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 24, 2017 | 08:29:51 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरूप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै उनी सानो टिम लिएर भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो ।


परराष्ट्र अधिकारीका अनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ । तर यो तिथि औपचारिक रूपमा निश्चित भइसकेको छैन । महरा उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उत्तरी चीन भ्रमणमा जान सक्ने आकलन परराष्ट्र अधिकारीकै थियो । तर, उनले भारतको भ्रमण गरेर परम्परा कायम राख्ने भएका छन् । प्रधानमन्त्री भएपछि औपचारिक भ्रमणमा भारत जाने चलन पुरानै हो । उपप्रधानमन्त्री फर्केको दुई सातापछि नै प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनेछ । 


महरा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा दिल्ली जान लागेका हुन् । देउवा प्रधानमन्त्री निर्वाचित भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदी र महरालाई स्वराजले बधाई दिँदै निमन्त्रणा गरेकी थिइन् । प्रधानमन्त्रीको भ्रमण व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयले यसअघि भएका बैठक, सहयोगमा अघि बढेको परियोजनालगायतमा छलफल भइरहेको छ । महराको भ्रमणपछि भारतीय प्रधानमन्त्री मोदी तथा विहार मुख्यमन्त्री नीतिशकुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत पहल हुने कान्तिपुर दैनिकमा खबर छ । भ्रमणको विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीबीच लगातार छलफल भइरहेको उच्च स्रोतले जनायो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved